“सामूहिक प्रयासबाट आर्थिक क्रान्ति सम्भव”

Shankar-Koiralaकाठमाडौं : अर्थमन्त्री शंकरप्रसाद कोइरालाले राजनीतिक संक्रमणले लगानीमैत्री वातावरण बनाउने आफ्नो लक्ष्यमा कुनै बाधा नपार्ने बताएका छन् । नेपाल व्यवसायी मञ्चले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री कोइरालाले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्र आर्थिक क्रान्ति सफल हुने विश्वास व्यक्त गरे ।
व्यवसायीलाई दोहोरिने खालका व्यवसायको प्रवद्र्धन नगर्न सल्लाह दिँदै मन्त्री कोइरालाले व्यवसायीको समूहबीच कार्यगत एकता नभएको भन्दै गुनासो गरे । निजी क्षेत्रका आधारभूत मागलाई आगामी वर्षको बजेटमा सम्बोधन गर्ने आश्वासन दिँदै मन्त्री कोइरालाले ठोस माग ल्याउन उद्यमीलाई सुझाव दिए ।
उद्योगसचिव कृष्ण ज्ञवालीले आफूहरू उद्यमीको हितअनुकूल काम गर्न तत्पर रहे पनि उनीहरूले घच्घच्याउन नसकेको गुनासो गरे । उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले सरकार र निजी क्षेत्र मिलेर छिटो निर्णय लिन सके मात्र नेपालमा लगानीमैत्री वातावरण बन्ने धारणा राखे ।
बैंकर्स एसोसिएसनका उपाध्यक्ष गोपाल पौडेल, नेपाल उद्योग परिसंघका नरेन्द्र बस्नेत, उद्योग मन्त्रालयका सहसचिव यामकुमारी खतिवडालगायत वक्ताले सरकार र निजी क्षेत्रको सहयात्राबाटै लक्षित उपलब्धि हात पार्न सकिने विश्वास व्यक्त गरे ।
यसैबिच मन्त्री कोइरालाले कृषि क्षेत्रको उन्नति नभएसम्म औद्योगिक क्रान्ति सफल हुन नसक्ने बताएका छन् । कृषि विकास बैंकको बुधबार निरीक्षणका क्रममा उनले सरकारको  नीति तथा कार्यक्रममा सघाउने दायित्व बैंकमा भएकाले ग्रामीण क्षेत्रमा वित्तीय पहुाच बढाउन पनि आग्रह गरे । उनले एक गाउा एक उत्पादन भन्ने बैंकको अभियानमा सरकार सकारात्मक रहेको र कृषिमा लगानी बढाउने एजेन्डामा थप सहयोग गर्न तयार रहेको बताए ।
‘संस्थागत, नीतिगत र कार्यक्रमगत सुधारका लागि म जस्तोसुकै सहयोग गर्न तत्पर छु,’ मन्त्री कोइरालाले भने,  ‘तर घर झगडा र व्यक्तिगत काम लिएर मकहाा नआउनुस् ।’ राजनीतिक आस्थाका आधारमा काखा र पाखाको गुनासो आफूकहाा प्रशस्त आउने गरेको बताउादै कोइरालाले संस्थाको हितमा मिलेर काम गर्न आग्रह गरे ।
सरकारको दायित्व समयमै चुनाव गराउने भए पनि राजनीतिमा स्थिरता आएपछि मात्र अर्थतन्त्र गतिशील बनाउने भन्ने पक्षमा आफू नरहेको स्पष्ट पार्दै भने, ‘यही कारण बाटो बिराएको अर्थतन्त्रलाई सही बाटोमा ल्याउने प्रयास सुरु भइसकेको छ ।’

प्रतिक्रिया