′पार्टी बिभाजन गर्न खोजेको होइन′

lokendra bd chandकाठमाडौं, २५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्दले आफ्नो नाम जोडेर केहि सञ्चारमाध्यममा पार्टी विभाजन गर्न लागेको भन्ने समाचारको खण्डन गरेका छन् ।

आफ्नै निवासमा आज पत्रकार सम्मेलन गरी उनले महाधिवेशनको संघारमा आफु लगायत केहि नेताहरुको नाम जोडेर पार्टी नै विभाजन गर्न लागेको भन्ने समाचार तथ्यहीन र भ्रम फैलाउन सुनियोजित तरिकाले सम्प्रेषण गरिएको दावी गरे । महाधिवेशनका बेला कार्यकर्ताहरुसंग भेटघाटका लागी सम्पर्क कार्यालय खोलेका हौं, उनले भने, ‘यसैलाई आधार बनाएर म र राजेश्वर देवकोटा जीले पार्टी नै विभाजन गर्न लागेको भनेर प्रचार गरिदैछ ।’ पार्टी कार्यालयमा भीड लाग्ने भएकाले आफुहरुले सबैलाई पायक पर्ने ठाँउमा सम्पर्क कार्यालय खोलेको स्पष्ट पारे । उनले आफु बलियो प्रजातान्त्रिक पार्टीका पक्षमा रहेको भन्दै पार्टी विभाजन कल्पना समेत गर्न नसकिने उल्लेख गरे । महाधिवेशनको मुखमा गरिने यस्ता अनर्गल प्रचारबाजीले कार्यकर्तामा नैराश्यता ल्याउने नेता चन्दले बताए ।

प्रतिक्रिया