चलचित्र नपाए अन्य पेसा गर्छु

Parineeti-Chopraबलिउडका ठूला ब्यानरमा निर्मित चलचित्रहरूको अफरका ताँती लाग्यो भने जो–कोही पनि रातारात हिट हुनसक्ने बताउने अभिनेत्री परिणिती चोपडा प्रतिदिन चर्चाको शिखरमा चढ्दै छिन् । यशराज र धर्मा फिल्मस् ब्यानरका चलचित्रमा लगातार काम गर्ने अवसर पाएकी चोपडाको स्टार हुने सपना यी ब्यानरले नै पूरा गरिदिएको छ । सरल स्वभाव, मिहेनती र इमानदार परिणिती अचेल जो–कोहीको रोजाइमा पर्न सफल छिन् । पछिल्लो समय ठूला ब्यानरका चलचित्रमा लगातार काम गरिरहेकी चोपडासँग गरिएको कुराकानीको केही अंश ।
निर्देशक करण जोहर ग्ल्यामरका गुरु भनेर चिनिन्छन् । चलचित्र हसी तो फसीमा कश्यप समाजको यथार्थ राखिएको छ भनिन्छ, यी दुवैको मेल खान्छ र ?
मलाई जतिबेला यो चलचित्रका लागि बोलाइएको थियो । त्योभन्दा पहिल्यै मैले चलचित्रको स्क्रिप्ट अध्ययन गरिसकेको थिएँ । जतिबेला मैले स्क्रिप्ट हेरेँ त्यो समय यसका निर्माता ºयान्टम ब्यानर थियो । त्यसैले म पनि हैरानीमा परेको थिएँ कि अरूको चलचित्र अभिनयका लागि मलाई किन बोलाइयो भनेर । करण र अनुराग यस्ता निर्देशक हुन् जोसँग काम गर्न मसधँै लालायित थिएँ । किनभने, उनीहरू जस्तो कथामा पनि राम्रो चलचित्र बनाउने व्यक्ति हुन् ।
तपाइं यशराज, धर्मा तथा फ्यान्टम जस्ता ठूला ब्यानरका रोजाइमा पर्न सफल हुनुभएको छ नि ?
म यी ब्यानरका रोजाइको हिरोइन हँ । तर, यी ब्यानरका जति चलचित्र बन्छन् ती सबैमा मै हुन्छु भन्ने होइन । धर्मा र यान्टम ब्यानरका चलचित्र गर्नु भनेको कुनै दैविक वरदान पाउनुभन्दा कम होइन । तर, मलाई यी ब्यानरका चलचित्र दिनु भनेको ठूला ब्यानरले बलिउडका नयाँ प्रतिभामाथि भरोसा गर्नु हो ।
छोटै समयमा यसरी लोकप्रियता हासिल गर्दा अन्य हिरोइनले डाह गरेका छैनन् ?
मलाई त्यस्तो लाग्दैन । म महत्त्वाकांक्षी अभिनेत्री हुँ । मेरो प्रतिस्पर्धा कोहीसँग छैन र गर्न पनि चाहन्नँ । म हिरोइन बन्ने उद्देश्यले यस क्षेत्रमा आएकी पनि होइन । त्यसैले मेरा लागि हिरोइनमा काम नपाउनु भनेको जीवन–मरणको कुरा होइन । चलचित्र क्षेत्रमा जब म काम पाउदिनँ तब अर्का पेसा थाल्छु ।
बलिउड नायिकामा सुन्दर र आकर्षक देखिनुपर्ने प्रेसर छ भनिन्छ नि ?
यो ठीक हो । हामी राम्रो देखिनुपर्ने प्रेसर दर्शक तथा निर्माणपक्षबाट रहँदै आएको छ । सबैका सामु आकर्षक देखिने चाहना हुनेले प्रेसर पनि खप्नुपर्छ ।
तपाईं बिन्दास हिरोइनका रूपमा चिनिनुहुन्छ । दर्शकले र आमाबुबाले यसलाई स्विकारेका छन् त ?
बुबालाई पनि मैले भन्ने गरेकी छु कि सबैलाई मेरो यही एटिच्युट मन परेको छ । केही गरी मैले स्वभाव परिवर्तन गरेँ भने पाँच मिनेटमै पुन: सोही रूपमा फर्किने गर्छु । म जे छु ठिकै छु मलाई कसैले मन पराउनु/नपराउनुमा के गर्न सक्छु र ?
(एजेन्सीको सहयोगबाट)

प्रतिक्रिया