प्रेसिडेन्ट कपमा थ्रीस्टार बराबरीमा

presedent-cup-photoकाठमाडौ, २५ वैशाख । एएफसी प्रेसिडेन्ट कप छनोट चरणको पहिलो खेलमा थ्री स्टार क्लब र बंगलादेशको अबहामी लिमिटेडबीच १–१ गोलको बराबरी भएको छ । थ्री स्टारले १५आँै मिनेटमा जगजित श्रेष्ठको गोलमा अग्रता लिएको थियो भने बंगलादेशी क्लबका लागि ३८आँै मिनेटमा ताहिदुलले गोल गरे । जगजितले ३० यार्डबाट  फ्रिकिकमा सानदार गोल गरे । यसैगरी अबहानी लिमिटेडका लागि ताहिदुलले नेपाली रक्षापंक्तिको फाइदा उठाउँदै सहज गोल गरे ।
नेपाली टोलीले पाएको दुई राम्रो अवसर गुमेपछि बंगलादेशी टोलीले बराबरी गोल गरेको थियो । फेमीले राम्रो मुभ बनाए पनि वान भर्सेस वानमा गोल गर्न सकेनन्  । त्यसको लगत्तै फेमीकै क्रसमा सन्तोषले फ्रिहेडमा गोल गर्न सकेनन् । दोस्रो हाफमा नेपालले केही राम्रो मौका पाएको थियो । डिबक्समा पसा बुढाथोकी लडाइएपछि प्राप्त पेनाल्टीमा भने थ्री स्टार क्लब चुक्यो । जगजित श्रेष्ठले प्रहार गरेको पेनाल्टी बंगलादेशी गोलरक्षक सोहेलले रोके । थ्रीस्टारले अन्य केही राम्रा अवसर पाएको थियो ।
आठ वर्षपछि प्रेसिडेन्ट कप खेलेको थ्रीस्टामा त्यो समयको धार भने यसपटक पटक्कै थिएन । अठ वर्षअघि भन्दा प्रतिभाशाली खेलाडी टोलीमा रहे पनि थ्री स्टार संगिठत टोली भन्दा स्टारको जमातको रूपमा देखिएको थियो । तीमध्ये यसै सिजन फ्रेन्ड्सबाट भित्र्याइएका जगजित र प्रकाशको कारण थ्री स्टार अलिकति मैदानमा बढी छाएको थियो । यसै सिजनमा क्लबमा आएका सरोज दाहाल पनि पहिलो रोजाइको खेलाडीका रूपमा रहे । डुडोजको आगमनपछि पनि सन्तोष साहुखल आश्चर्यजनक रूपमा पहिलो रोजाइमा परे ।

प्रतिक्रिया