केलीलाई करेज अवार्ड

Kylieलन्डन : अंग्रेजी पपस्टार केली मिनोग लाई ‘करेज अवार्ड’ मिलेको छ । इन्टरटेनमेन्ट इन्डस्ट्री फाउन्डेसन ओम्यान क्यान्सर रिसर्च फन्डले स्तन क्यान्सर भएर पनि हिम्मतका साथ काम गरेकी कारण मिनोगलाई यो सम्मान दिएको हो ।
४४ वर्षीया यी गायिकालाई आफ्नो स्तन क्यान्सर भएको २००५ मा मात्र थाहा भएको थियो । तैपनि, यस्तो समयमा उनले सकारात्मक सोच राख्नुपर्ने सन्देश सबैलाई बाँड्न पछि परिनन् । उनले भनिन्, ‘दु:खको समयमा सकारात्मक सोच राख्न सक्यो भने ती समयबाट पार पाउन सकिन्छ । तर, हरेक समय यसो गर्न सकिँदैन ।’
‘करेज अवार्ड’ पाएकी केलीले अवार्ड आफूलाई दिएकोमा इन्टरटेनमेन्ट इन्डस्ट्री फाउन्डेसन ओम्यान क्यान्सर रिसर्च फन्डलाई धन्यवाद दिँदै आफू यस संस्थाप्रति सधँ आभारी रहनेसमेत बताएकी छन् । (ऐजेन्सी)

प्रतिक्रिया