टेलरले युगल गीत ल्याउने

लन्डन : हलिउडकी गायिका टेलर स्विºटले एड सिरनसँगको युगल गीत बजारमा ल्याउने भएकी छन् । उनले सिरनसँगको ‘एभ्रिथिङ ह्याज चेन्ज’ बोलको युगल गीत बजारमा ल्याउने योजना बनाएकी हुन् ।
‘यु बिलोङ विथ मी’ गीतकी ३२ वर्षीया यी गायिकाले यो गीत सिरनको सहकार्यमा लेखेकी हुन् ।
दुई महिनादेखि रेड यात्रामा रहेका टेलर र सिरनले यसै गीतका कारण धेरै चर्चा पनि बटुलिसकेका छन् । रेड यात्रामा यी दुवै गायिकाले यसै गीत प्रस्तुत गर्ने गरेका छन् । औपचारिक रूपमा बजारमा नआएको यस गीतको लोकप्रियताले गायिका टेलरले यसैलाई बजारमा ल्याउने घोषणा गरेकी हुन् ।  ०१३ मार्चबाट यी जोडी अमेरिका यात्रामा छन् । केही समयपछि छोटो विश्रामपछि पुन: यात्रा सुरु गर्ने यी दुवैले योजना बनाएको एजेन्सीले समाचारमा खुलाएको छ । (एजेन्सी)

प्रतिक्रिया