निर्माता संघमा पुन:राई

Rajkumar-Raiकाठमाडौं : नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा राजकुमार राई निर्वाचित भएका छन् । शनिबार होटल वैशालीमा आयोजित संघको साधारणसभामा नव अध्यक्षलगायत केहीपदका लागि भएको चुनावमा राई अध्यक्षमा विजयी भएका हुन् । निर्वाचनमा प्रतिद्वन्द्वी अशोक शर्मालाई ३९ मतले पछिपार्दै उनी विजयी भएका हुन् । उनले एक सय २४ कुल मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी शर्माले ्र८६ मत प्राप्त गरे ।
दुई सय ४१ सदस्य रहेको संघको निर्वाचनमा दुई सय एघार सदस्यले मात्र मत खसाले । प्रतिशतको आधारमा यो संख्या ८८ हुन आउँछ । त्यस्तै संघको उपाध्यक्षमा द्वय रोज राणा र उदय सुब्बा आएका छन् । यी दुवै निर्विरोध निर्वाचित भएका हुन् भने कोषाध्यक्षमा पनि प्रज्ञा जोशी निर्विरोध भएकी छन् ।
त्यस्तै नवनिर्वाचित समितिमा महासचिव केशव भट्टराई, सचिव छबिराज ओझा र सदस्यहरूमा कविता श्रेष्ठ, दिनेस पाख्रिन, बीरेन श्रेष्ठ, माधव वाग्ले, जेनि कुँवर, डिक खड्का, गोविन्द शाही, करण क्रेजी र सुनिल मान्नधर निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष राईको यो दोस्रो कार्यकाल हुनेछ ।
त्यस्तै संघको पहिलोसत्रको कार्यक्रममा विभिन्न कलाकर्मीलाई सम्मान गरियो । सम्मानित हुनेमा निर्देशक लक्ष्मीनाथ शर्मा, चलचित्र लुट र सायद, निर्माता तथा हल सञ्चालक उद्धव पौडेल रहेका छन् । शर्मा र पौडेल ‘नेपाल चलचित्र निर्माता संघ सम्मान ०६९’ बाट सम्मानित भएका हुन् । शर्मालाई चलचित्र निर्देशक यादव खरेलले उक्त सम्मान प्रदान गरे ।
त्यस्तै लुटलाई ०६८ मा र सायदलाई ०६९ मा सर्वाधिक व्यवसाय गर्न सफल चलचित्रका रूपमा सम्मान दिइएको छ । कार्यक्रममा ‘प्रकाश थापा स्मृति पुरस्कार ०६८’ निर्देशक निश्चल बस्नेतलाई र ‘प्रकाश थापा स्मृति पुरस्कार ०६९’ बाट निर्देशक सुरज सुब्बा नाल्बोलाई पुरस्कृत गरियो । निर्माता सुनील रावल ‘भगवानदास स्मृति पुरस्कार ०६९’ एवं माधव वाग्ले र नरेन्द्र महर्जन ‘भगवानदास स्मृति पुरस्कार ०६८’ बाट पुरस्कृत भए ।

प्रतिक्रिया