मित्रताको कथामा प्रेमशक्ति बन्ने

काठमाडौं : अहिलेको समयमा देखिएको पहाडी र मधेसीबीचको कटुतालाई मलम लगाउन अथवा आपसमा मिलेर अगाडि बढ्न प्रेरित गर्ने सन्देशमूलक चलचित्र प्रेमशक्ति निर्माण हुने भएको छ । नवनिर्देशक ईश्वर बखतीले निर्माण गर्ने तयारी गरेको चलचित्रमा यो कथा समेटिएको हो । एउटै देशका नागरिकमा पनि स्वार्थी राजनीति गर्नेले पहाडी र मधेसी भन्ने विभेद पैदा गरिदिएकाले सदियौँदेखि एकआपसमा मिलेर बसेका पहाडी–मधेसी भाइ–भाइ हुन् र मिलेर बस्नुपर्छ भन्ने सन्देश दिन चलचित्र निर्माण गर्न लागेको बखतीले जानकारी गराए ।
चलचित्रमा अनिल शाह, अन्नु शर्मा, काले राना, प्रदीप मण्डल, मुकेश यादव, अम्बर राना, शिव कुमार, संगीत सिंहलगायतको अभिनय रहनेछ । तेत्तीसकोटि फिल्मस्को पहिलो प्रस्तुति यस चलचित्र काले रानामगरले निर्माण गर्न लागेका हुन् ।(सौस)

प्रतिक्रिया