बर्डफ्लु रोक्न नया रणनीति

चितवन:  चितवनमा बर्डफ्लु देखिने क्रम बढेपछि सम्भावित जोखिम रोक्न पशुसेवा विभागले नयाँ रणनीति सुरु गरेको छ ।
जिल्लाको भरतपुर नगरपालिकाको शरदपुर र मंगलपुर गाविस भित्रको एरियामा बडफ्लु फैलिने क्रम बढ्दै गएपछि विभागले  तत्काल परीक्षण गरी नष्ट गर्ने नयाँ रणनीति अपनाएको हो ।
जिल्लामा रहेको राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालाले इन्फुएन्जा पोजेटिभ देखाएपछि केन्द्रीय प्रयोगशालामा पठाएर प्रमाणित भएपछि मात्र कुखुरा नष्ट गर्दे आएको थियो । तर अब संक्रमण र फैलिने क्रम बढ्दै गएको  जिल्ला पशु सेवा कार्यलय चितवनले जनाएको छ । यसरी नष्ट गर्दा करिव एक साताको समय लाग्ने र सो अबधि सम्म फार्मका कुखुरा मरि सक्ने, अत्यधिक रुपमा फैलने, कृषकले बिक्री गर्न सक्नेलगायत समस्या देखिएपछि विभागबाट चितवनका लागि खटिआएको उपमहानिर्देशक डा.रामकृष्ण खतिवडाको टोलीले स्थानीय व्यवसायी र विशेषज्ञसँग छलफल गरी सो निर्णय गरेको हो । मङगलपुरमा ६ फार्म र भरतपुरमा तीन ठाउँमा बर्डफ्लु देखिएपछि गएराति नै कुखुरा नष्ट गरिएको छ ।

प्रतिक्रिया