ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार

काठमाडौं, २२ वैशाख ।  नेपाल दूरसञ्चार कम्पनीले आगामी दिनमा नाफाभन्दा सेवामूलक क्षेत्रमा आºनो सेवालाई द्रुतगतिमा विस्तार गर्ने भएको छ ।
ग्रामीण क्षेत्रको बजारलाई पकेट क्षेत्रका रूपमा दूरसञ्चारका आधारभूत सेवालाई थप विस्तार गर्ने र सहरी क्षेत्रमा भने हाल भइरहेका सेवाका गुणस्तरलाई अरू वृद्धि गर्दै नवीनतम प्रविधिमा आधारित सेवा वितरण गर्ने नयाँ रणनीति लिएको कम्पनीले जानकारी दिएको छ ।
हाल कम्पनीले ७५ जिल्लाका सबै गाउँ विकास समितिमा विभिन्न माध्यमबाट दूरसञ्चारका सेवा विस्तार गरिसकेको छ भने इन्टरनेट सेवा पनि पुर्‍याउन उच्च प्राथमिकताका साथ कम्पनी लागिपरेको छ ।
दूरसञ्चार सेवाको सय वर्ष पुग्न लागेको अवसरमा कम्पनीले नेपालको दूरसञ्चार विकासमा पुर्‍याएको योगदानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध–निर्देशक अमरनाथ सिंहले भने, ‘कम्पनीले नाफा मात्र नहेरी सेवाका क्षेत्रमा आºनो सेवा विस्तार गर्ने रणनीति बनाएको छ ।’ निजी क्षेत्रमा आएका ६ वटा दूरसञ्चार सेवाप्रदायकको उपस्थिति सहरी क्षेत्रमै सीमित रहेको बताउँदै उनले भने, ‘कम्पनीले सहरी क्षेत्रमा चलाइआएका दूरसञ्चारका प्रविधि सबै गाउँ विकास समितिमा पुर्‍याउने लक्ष्य लिएको छ ।’ यसका लागि कम्पनीले जिएसएम सेवाअन्तर्गत एक करोड क्षमताको लाइन विस्तार गर्नेछ भने यी लाइनमध्ये पहिलो चरणमा ४८ लाख लाइनको खरिद प्रक्रिया अगाडि बढाइसकेको छ । बाँकी ५२ लाखको पनि खरिद सम्झौता पूरा भएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले आºना सबै सेवा लिने ग्राहकको संख्या ९२ लाख ६६ हजार पुर्‍याउने लक्ष्य पनि लिएको छ ।
कम्पनीले सहरी उपभोक्तालाई लक्ष्य गरी ल्याएको वाइम्याक्स प्रणालीलाई ग्रामीण तहका जनताले पनि उपभोग गर्न सकुन् भन्नाका लागि दुई लाख क्षमताको वाइम्याक्स प्रणाली खरिद गर्न लागेको प्रबन्धक सिंहले जानकारी दिए । अप्टिकल फाइबरका माध्यमबाट पूर्व–पश्चिमलाई दूरसञ्चार प्रविधिबाट जोड्ने काम सम्पन्न भइसकेको र यसअन्तर्गत बुटबल–पाल्पा, सुर्खेत–कोहलपुर, पोखरा–कुस्मा–बागलुङ, लहान–गाईघाट र धरान–तेह्रथुम रुटका काम पनि सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । पत्रकार सम्मेलनमा कम्पनीका नायब प्रबन्ध–निर्देशक सुधीरप्रसाद अर्यालले कम्पनीको आर्थिक पक्ष बलियो भएको र सरकारलाई सबैभन्दा बढी राजस्व तिर्ने निकायका रूपमा कम्पनी भएको जानकारी दिए ।

प्रतिक्रिया