फेरि झुल्किए ओकिली

anish-sapkota-(1)काठमाडौं : ओकिली बोलको चर्चित गीत गाएर लामो समय हराएका गायक अनिश ओकिली सापकोटा फेरि गायनमा देखिएका छन् । १६ वर्षपछि उनी गायनमा पुन: देखिएका हुन् । अमेरिका बस्दै आएका गायक सापकोटा ‘काठमाडौं रिदम’ नामक एल्बममार्फत पुन: सांगीतिक क्षेत्रमा देखा परे ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा गायक सापकोटाको एल्बम ‘काठमाडौं रिदम’ सार्वजनिक भयो ।
कार्यक्रममा गायक अनिश ओकिलीले धेरै मिहिनेतका साथ छोटो समयमा आफूले एल्बम बजारमा ल्याएको बताए । लामो समयपछि सांगीतिक क्षेत्रमा आफू फर्किएकाले श्रोताको माया पहिलेझैँ पाउने विश्वास आफूले लिएको उनले सुनाए ।
ओकिली, सधैँ रमाएर उठी हिँड्ने, काठमाडांै रिदमलगायत बोलका गीत गाएर कार्यक्रममा उनले सुनाए । सार्वजनिक भएको एल्बम १० दिनमा तयार भएको हो । यसअवधिमा उनले एक गीतको भिडियोसमेत निर्माण गरेका छन् । सार्वजनिक एल्बममा पप र रक, र्‍यापललगायत एउटा राष्ट्रप्रेमी गीत छ । १६ वर्षअगाडि रक किड्स सांगीतिक ब्यान्डबाट आºनो यात्रा प्रारम्भ गरेका अनिशको ओकिली बोलको गीत हिट भएपछि  ब्यान्डको नामै परिवर्तन भएर ‘कोकिली’ भएको थियो । (सौस)

प्रतिक्रिया