सुमिनाले सच्याइन् कदम

Sumina-Ghimireकाठमाडौं : रंग पत्रकार तथा चलचित्र पत्रकार संघका सदस्य विजय आवाजलाई केही समयअगाडि टेलिफोनमार्फत धम्की दिएकी अभिनेत्री सुमिना घिमिरेले आºनो सो कदम सच्याएकी छन् ।sumina_ghimire_1875939562
‘सुवेदीलाई टेलिफोन संवादमा मबाट व्यक्त भएका भनाइ नियतवश नभई आवेशमा व्यक्त भएकाले फिर्ता लिन चाहन्छु । ती शब्द मानवीय स्वभाववश आवेश र भावनामा बगेर व्यक्त भएकाले धम्कीका रूपमा नबुझिदिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछु,’ सुमिनाले सच्याएको कदममा भनेकी छन्, ‘नेपाली पत्रकारिता जगत्प्रति मेरो सदैव उच्च सम्मान रहने विश्वाससमेत दिलाउन चाहन्छु ।’ घिमिरेले सच्याएको कदमप्रति चलचित्र पत्रकार संघले पनि स्वागत गरेको छ । संघका महासचिव लक्ष्मण सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा कुनै पनि कलाकार/चलचित्रकर्मी तथा पत्रकारबीच सुमधुर सम्बन्ध रहने तथा सबैले पत्रकारिता जगत्को सम्मान र मर्यादामा ख्याल राख्ने विश्वास संघले लिएको छ ।’ (सौस)

प्रतिक्रिया