उनीको बिक्रीबाट समाजसेवा

aswiniकाठमाडौं : अश्विनी कोइरालाको पुस्तक ‘उनी’ बिक्रीबाट उठेको रकम समाजसेवामा प्रयोग गरिएको छ । इजरायल निवासी नवराज आचार्यको पहलमा त्यहाँ बिक्री भएको पुस्तकबाट उठेको १ लाख ४० हजार १ सय १ रुपियाँ काठमाडौं बसुन्धरामा अवस्थित पवित्र समाजसेवा नेपाल प्रदान गरिएको छ ।
पुस्तकबाट उठेको थप रकम रवीन्द्र मिश्रको अगुवाइमा सुरु भएको हेल्प नेपाल नेटवर्कलाई समेत १ लाख १५ हजार ८ सय ११ रुपियाँ दिइएको छ ।
इजरायल निवासी नवराज आचार्यका प्रतिनिधि उत्तम आचार्यले उक्त रकम हालै आयोजित एक कार्यक्रममा औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । पुस्तकमा हरिवंशकी प्रथम श्रीमती मीरा आचार्य एवं रवीन्द्र मिश्रकी आमा रमिला मिश्रका कथा पनि समावेश छ । अन्तर्वार्तामा आधारित उक्त पुस्तक इजरायलमा पनि लोकप्रिय रहेकाले रकम संकलन भएको आचार्यले बताए । (सौस)

प्रतिक्रिया