नवीकरणमै दुई वामपन्थी दलवीच विवाद

elecation commition 1

काठमाडौं, १७ वैशाख । एमाओवादी, कांग्रेस, एमालेसहितका दलहरुले दल दर्ता र नवीकरणका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगले दल दर्ता र नवीकरणका लागि आज देखि आवेदन माग गरे पछि विभिन्न दलहरु आयोग पुगेका हुन् । दल नवीकरणका लागि कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, माले, तमलोपा, सदभावना पार्टीले निवेदन दर्ता गराएका छन् ।
त्यसै गरी, नेपाल नागरिक, राष्ट्रिय बहुजन मधेस समाजवादी पार्टी, राष्ट्रिय जनराज्य परिषद् पार्टी, जन युनिटी को–अपरेटिभ पार्टीले पनि दल दर्ताको निवेदन आयोगमा बुझाएका छन् ।
उता, नवीकरणका लागि निवेदन दर्ता गराउने विषयमा दुई ठूला वामपन्थी दलवीच विवाद भएको छ । पहिले पार्टी दर्ता गर्ने विषयमा एमाओवादी र एमालेवीच विवाद भएको हो । आयोग र दलहरुवीचको छलफल पछि विवाद पनि अन्त्य भएको छ ।
एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताले आयोगका पदाधिकारीसँग छलफल गरेर विवाद सुल्झाएका हुन् । दल दर्ताको समय जेठ १५ गतेसम्म रहेको छ ।
पहिला निवेदन दर्ता गर्ने दलको मतपत्रमा पहिलानै निर्वाचन चिन्ह हुने भएका कारण एमाओवादी र एमालेवीच विवाद भएको थियो ।
यसैवीच, दल नवीकरणका लागि आयोगमा दर्ता निवेदन मध्ये एमालेको निवेदन पहिलो भएको छ । एमाओवादी दोस्रो, राप्रपा नेपाल तेस्रो र कांग्रेस चौथो नम्बरमा छन् ।
दल दर्ताका लागि १० हजारको हस्ताक्षर बुझाउनु पर्ने पूर्व प्रावधानलाई थप जटिल बनाउँदै यसपटक भने हस्ताक्षर प्रमाणित नै गर्नुपर्ने नीति आयोगले अख्तियार गरेको छ ।
विघटित संविधानसभामा सहभागिता जनाइसकेका दलका लागि यो प्रावधान लागू हुने छैन । उनीहरुको हकमा आगामी निर्वाचनमा भाग लिने जानकारीसहितको निवेदन दिए पुग्ने छ ।
आयोगमा १ सय १९ दल दर्ता भए पनि २०६४ चैत–२८ गते भएको पहिलो संविधानसभा निर्वाचनमा ५४ दलले भाग लिएका थिए ।

प्रतिक्रिया