जापानबाट नेपाली मन

Mahendra-Sapkotaकाठमाडौं : पछिल्लो समय प्रवासी नेपालीको स्वदेशी कला संस्कृति प्रति मोह प्रतिदिन बढ्दो छ । सायद, यसकै कारण होला प्रवासमै रहे पनि उनीहरूको नेपाली चलचित्र निर्माणमा सक्रियता रहने गरेको छ । यस्तैमा लामो समयदेखि जापानमा बस्दै आएका महेन्द्रप्रसाद सापकोटाले पनि ‘नेपाली मन’ नामक चलचित्र निर्माण सुरु गरेका छन् ।
जापानमै रहेका नेपालीका विषयवस्तुमा कथा तयार पारेका उनले चलचित्रका ८० प्रतिशत छायांकन जापानमा र बाँकी नेपालमा गर्ने योजना बनाएका छन् ।
एमसी ग्रुप जापान निर्माता रहने यस चलचित्रमा प्रेमकथा पनि समेटिनेछ । केही स्वदेशी तथा विदेशी कलाकारका यसमा अभिनय रहने सापकोटाले बताए ।
यसअघि सापकोटाले साहुनी सिरियल निर्माण गरेका थिए । क्या राम्रो जोडा, दिल चोरी कालीले, भन कता जाउ, चिठी आउँदैन, पन्चे बाजालगायतका लोकदोहोरी एल्बम्समेत उनले बजारका ल्याइसकेका छन् । उनकै लेखनमा तयार हुने यसचलचित्र कथामा रिवाज प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ । (सौस)

प्रतिक्रिया