स्वर्णिमा सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं : यस वर्षको स्वर्णिमा सम्मान तथा पुरस्कार घोषणा गरिएको छ । साहित्य प्रतिष्ठानबाट हरेक वर्ष प्रदान गरिँदै यो पुरस्कारबाट साहित्यकार चन्द्रकला नेवार र नव सिलवाललाई सम्मान गर्न लागिएको हो ।
प्रतिष्ठानको बैठकले यस वर्षको स्वर्णिमा विशिष्ट नारी सम्मान तथा पुरस्कार साहित्यकार चन्द्रकला नेवारलाई तथा स्वर्णिमा प्रतिभा पुरस्कार कथाकार नव सिलवाललाई दिने निर्णय गरेको छ । आमामी २८ गते प्रदान गरिने पुरस्कार समारोहमा साहित्यकार शर्मिला खड्का (दाहाल) को मेरा प्रेमका फूलहरू (पत्रसाहित्य) र स्रष्ट्रा समर्पण (समालोचनासङ्ग्रह) पनि विमोचन गरिने छ । (सौस)

प्रतिक्रिया