लिजीद्वारा कीर्तिमान सुधार

lizzzyकाठमाडौं : बेलायतकी अल्ट्रा धाविका लिजी हकरले सगरमाथाको आधार शिविरदेखि काठमाडौंसम्मको ३ सय १९ किलोमिटर दूरी ६३ घन्टा आठ मिनेटमा पूरा गरी आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी छिन् । यसअघि यो दूरी पूरा गर्न उनलाई तीन दिन लागेको थियो ।
३७ वर्षीय लिजी शनिबार राति १० बजेर १० मिनेटमा अन्तिम बिन्दु दशरथ रंगशालामा आइपुगेकी थिइन् । बिहीबार बिहान लिजीले दौड सुरु गरेकी थिइन् । यसबीचमा उनी चार मिनेट मात्र सुतेकी थिइन् ।
सन् २०११ को नोभेम्बरमा लिजीले ७१ घन्टा २४ मिनेटमा यस दौड पूरा गरेर त्यसको चार वर्षअघि राखेको ७४ घन्टा ३६ मिनेटको आफ्नै नामको कीर्तिमान सुधार गरेकी थिइन् । सन् २००० को मेमा नेपाली धावक कुमार लिम्बूले ७९ घन्टा १० मिनेटमा पूरा गरेर कीर्तिमान बनाएयता कुनै नेपाली खेलाडीले यस दूरीमा कीर्तिमान बनाउन सकेका छैनन् । (सौस)

प्रतिक्रिया