महासंघ पेट्रोलियम व्यवसायमा निजी क्षेत्र प्रवेशको पक्षमा

FNCCIकाठमाडौं, ९ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले ऊर्जा संकट, पूर्ण बजेट र सरकारमा छिटोछिटो परिवर्तन हुनु समस्याको रहेको अगाडि आएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सयुक्त आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले आफ्नो अवधिमा जलविद्युतमा साझा एजेन्डा निर्माण गर्न सफल भएको, १६औं क्यासी सम्मेलन सम्पन्न गरेको, चौथो एसबीएलसी मिटिङ गरेको, अन्तर्राष्ट्रिय व्यापार मेला, जलस्रोत सम्मेलन र राष्ट्रिय सद्भाव र्‍याली सम्पन्न गरेको बताए ।
कार्यक्रममा अध्यक्ष वैद्यले पेट्रोलियम पदार्थको कारोबारमा निजी क्षेत्रलाई संलग्न गराउने पक्षको विरोधमा महासंघ नरहेको जनाउादै उनले विद्यमान उद्योगहरुलाई असर नपर्ने गरी निजी क्षेत्रको प्रवेश हुनुपर्ने कुरामा उनले जोड दिए ।
महासंघको हालै सम्पन्न साधारण सभामा पूर्व अध्यक्षहरु जिम्मेवारी नदिएको भन्दै उपस्थिति नभएकोबारे सफाइ दिादै पूर्व अध्यक्षहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएको बताए । उनले पूर्व अध्यक्ष प्रदीप श्रेष्ठलाई महासंघले क्यासीको उपाध्यक्ष बनाएको, नेपाल–भारतवीचको व्यापारिक संयन्त्रमा पद्म ज्योतीलाई पठाएको र विधान संसोधन गर्न चण्ड्रीराज ढकाललाई जिम्मेवारि दिएको बताएका थिए । महासंघ पूर्व अध्यक्षहरुले वैद्यलाई आफूहरुको फोनसमेत रिसिभ नगरेको भन्दै आलोचना गरेका थिए । अध्यक्ष वैद्यले महासंघको साधारणसभामा हात हालाहालको स्थिति नभएको समेत स्पष्ट पारे ।

प्रतिक्रिया