अधिकांश कम्पनीहरुको सेयर कारोबारमा गिरावट

काठमाडौं : १९ प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरसरह नै नेपाल स्टक एक्सचेन्जमा खरिदबिक्री गराउने निर्णयपछि बजारमा गिरावट आएको छ । एक्सचेन्जमा कारोबार गर्ने अधिकांश वाणिज्य बैंक, हाइड्रोपावर र इन्स्योरेन्स कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएपछि आइतबार समग्र बजार मापक नेप्से परिसूचक पनि ५ दशमलव ३८ अंकले तल झरेर ५ सय १३ पुगेको छ ।

नेप्से परिसूचकमा सबैभन्दा बढी प्रभाव पार्ने वाणिज्य बैंकिङ समूहको कारोबारमा आइतबार ८ दशमलव ७२ अंकले गिरावट आएको छ । हाइड्रोपावर समूहको कारोबारमा १२ दशमलव २५ अंकले गिरावट आएको छ भने इन्स्योरेन्स समूहको कारोबारमा ४ अंकले गिरावट आएको छ । आइतबार सबैभन्दा बढी नेपाल एसबिआई बैंकको सेयर मूल्य ४० रुपियाँ घटेर ८ सय ३२ रुपियाँमा कारोबार भयो । एसबिआईको २९ लाख १३ हजार ८ सय २४ रुपियाँ बराबरको ३ हजार ५ सय १५ कित्ता सेयर कारोबार भएको छ । आइतबार युनिलिभरका सेयर धनीहरूले बढी कमाए । युनिलिभरको सेयर मूल्य १ सय ८९ रुपियाँ बढेर प्रतिकित्ता ९ हजार ६ सय ७२ रुपियाँमा कारोबार भयो । एक्सचेन्जमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा महँगो यस सेयरको उत्पादनमूलक समूहअन्तर्गतको कम्पनी हो । युनिलिभरको एक्सचेन्जमा ३ लाख ८६ हजार १ सय ६० रुपियाँ बराबरको ४० कित्ता सेयर कारोबार भएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर मूल्य आइतबार ३० रुपियाँ घटेर ७ सय ३४ रुपियाँमा कारोबार भएको छ । फेवा फाइनान्स कम्पनीको सेयर मूल्य २८ रुपियाँ घटेर १ सय ८७ रुपियाँमा कारोबार भएको छ । एभरेस्ट बैंकको सेयर मूल्य २७ रुपियाँ घटेर १ हजार ५ सय ४० रुपियाँमा, चिलिमे हाइड्रोपावरको २४ रुपियाँ घटेर १ हजार १ सय २७ रुपियाँमा कारोबार भयो ।बैंक अफ काठमाडौंको सेयर मूल्य ११ रुपियाँ घटेर ६ सय ४९ रुपियाँमा कारोबार भएको छ भने सिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य १३ रुपियाँ घटेर १ सय ५३ रुपियाँमा, एभरेस्ट बैंक लिमिटेड कन्भर्टिवल पर्फर्मेन्स सेयर मूल्य १६ रुपियाँ घटेर ७ सय ९८ रुपियाँमा, ग्लोबल बैंक लिमिटेडको सेयर मूल्य १३ रुपियाँ घटेर ४ सय ९५ रुपियाँमा र लाइफ इन्स्योरेन्स कम्पनीको ११ रुपियाँ घटेर १ हजार २० रुपियाँमा कारोबार भयो । त्यसैगरी, स्ट्यान्डर्ड चार्टड बैंकको सेयर मूल्य १५ रुपियाँ घटेर १ हजार ८ सय ५ रुपियाँमा, सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य २१ रुपियाँ घटेर १ हजार ४४ रुपियाँमा, शिखर इन्स्योरेन्स कम्पनीको १४ रुपियाँ घटेर ४ सय ३७ रुपियाँमा कारोबार भएको छ । आइतबार नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र डिप्रोस डेभलपमेन्ट बैंक लिमिटेडका सेयर धनीहरूले कमाएका छन् ।

प्रतिक्रिया