जेन्टलम्यानलाई प्रतिबन्ध

Gentalmanन्युयोर्क : विश्व चर्चित गीत गङ्नम स्टाइलका गायक पिएसवाईको दोस्रो गीत जेन्टलम्यानलाई प्रतिबन्ध लागेको छ । गीतलाई उनकै देश दक्षिण कोरियाले प्रतिबन्ध लगाएको हो । दक्षिण कोरियाको ब्रेडेकास्ट सिस्टमले गीतको प्रचारका लागि बनाइएको भिडियोमा आपत्ती जनाउँदै प्रतिबन्ध लगाएको छ । भिडियोमा गायक पिएसवाई सडकमा हिँड्दा ट्राफिक नियम पालना नगरेको र सार्वजनिक सम्पत्तीमा नोक्सान पुर्‍याएको देख्न सकिन्छ । यसका अलवा गायकले महिलासँग अभद्र रूपमा प्रस्तुत भएका प्रसंग पनि केही छन् ।
यसअगाडि निर्माण भएका केही भिडियो यस्ता विषयका कारणले प्रतिबन्धमा परेका कारण पिएसवाईको यो भिडियोलाई पनि प्रतिबन्ध लगाइएको ब्रेडेकास्ट सिस्टमले जानकारी गराएको छ । भिडियोमाथि प्रतिबन्ध लागेको पिएसवाईका मेनेजरले स्वीकार गरेका छन् । भिडियोमाथि प्रतिबन्ध लागे पछि पुन: परिस्कृत गर्ने नगर्ने भन्ने विषयमा मेनेजरले केही खुलाउन चाहेनन् । पहिलो गीत गङ्नम स्टाइलले यु ट्युबमा कीर्तिमान बनाउन सफल भएकै कारण यी गायकले दोस्रो गीत पनि ल्याएका हुन् ।
गङ्नमबाट प्रेरित यी गायकको जेन्टलम्यान गीत सार्वजनिक भएके दिन यु ट्युबमा करिब साढे ४ करोडले अवलोकन तथ्य सार्वजनिक भएका छन् । अहिले पनि भिडियो हेर्ने संख्या दिनदिनै बढ्दै छ । अहिलेको गतीले अगाडि बढ्ने हो भने जेन्टलम्यानले गङ्नम स्टाइल जित्ने अनुमान लगाइएको छ । यी गायकका गङ्नम स्टाइल गीत यु ट्युबमा राखेको नौ महिनामा १ अर्ब ५२ करोडले हेरेका थिए । पछिल्लो गीतको नाम जेन्टलम्यान भए पनि भिडियोमा अभिनय गर्ने क्रममा गायक जेन्टलम्यानका रूपमा प्रस्तुत भएका छैनन् । गायक यो भिडियोमा जेन्टलम्यानका विपरीत भूमिकामा देखिएका छन् । (एजेन्सी)

प्रतिक्रिया