राजेश खन्ना र नानालाई पद्म विभूषण सम्मान

Indianनयाँदिल्ली : बहुचर्चित बलिउड अभिनेताद्वय राजेश खन्ना र नाना पाटेकरलाई भारत सरकारले दिने उच्चस्तरीय पुरस्कार ‘पद्म विभूषण’ सम्मान प्रदान गरिएको छ । उनीहरूसँगै ओलम्पिक कांस्य पदक विजेता भारतीय महिला मुक्केबाज मेरिकम र ब्रह्मोस क्षेप्यास्त्रका प्रणेता ए शिवताणु पिल्लेलाई पनि यो पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति प्रणव मुखर्जीले शनिबार राष्ट्रपति भवनमा आयोजित समारोहमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने हस्तीहरूलाई दुई विभूषण, १३ पद्म भूषण र ३८ पद्मश्री पुरस्कारले सम्मानित गरेका हुन् ।
राजेश खन्नालाई मरणोपरान्त पद्म विभूषण पुरस्कार प्रदान गरिएको हो । गत वर्ष दिवंगत भएका खन्ना हिन्दी सिनेमाका प्रथम सुपरस्टार मानिन्छन् । उनले सत्तरी र असीको दशकमा अभिनय गरेका पन्ध्रवटा फिल्म लगातार सुपरहिट भएका थिए ।
बेग्लै किसिमको अभिनय र खास संवाद सम्प्रेषण (डाइलग डेलिभरी) का लागि बढी चर्चित नाना पाटेकरले अभिनय गरेका ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘गुलाम–ए–मुस्तफा’, ‘यशवन्त’, ‘आरक्षण’ जस्ता दर्जनौँ फिल्म सुपरहिट भएका छन् । (एजेन्सी)

प्रतिक्रिया