न्युयोर्कमा नृत्य सिक्ने सपना छ

Sandhyaबलिउड चलचित्रक्षेत्रका सध्या मृदुलको बेग्लै पहिचान छ । टिभी सो स्वाभिमानमा शिवानी र कोसिस एक आशामा काजल भूमिकाबाट परिचित मृदृलले आधा दर्जन हाराहारीका बलिउड चलचित्रमा अभिनयसमेत गरेकी छिन् । चलचित्र साथियाको दिना शर्मा, पेज थ्रिमा पर्ल भूमिकाका कारणले उनी बलिउडमा चर्चित मात्र बनिन सबैको नजरमा पर्नसमेत सफल भइन् । ‘रिस्ते में ऐसा भी होता है २,’ ‘पेज थ्री,’ ‘व्हाइट फोर्स’ जस्ता चलचित्र अभिनयले उनी उत्कष्ट अभिनेत्रीको रूपमा बलिउमा चिनिइन् पनि । सध्या पछिल्लो समय भट्ट कैंपको चलचित्र रागिनी एमएमएस २ का कारणले चर्चामा छिन् । प्रस्तुत छ यिनै सध्यासँग गरिएको कुराकानीको केही अंश ।

तपाईंलाई चलचित्र क्षेत्रमा इस्टाइलिस अभिनेत्री भनिन्छ नि किन ?
अभिनयमा मेरो शैली अन्यभन्दा भिन्न प्रकारको छ । सानैदेखि म आफू जस्तो अर्का कोही नहोस् भनेर सोच्ने गर्थेँ । तर, मेरो आर्दश भने पनि प्रेरणा भने पनि विनोद खन्ना नै हुन् । विनोद खन्ना जस्तो बन्ने चाहाना ममा बच्चैदेखिको हो । उनको नक्कल गर्दै सानोमा म उनकै जस्ता कपाल कटाउथँ । उनकै शैलीमा साथीहरूसँग फाइट गर्थंे । सानैदेखि मेरो बानी हमेसा अन्य केटीभन्दा फरक भयो । अभिनयमा पनि अन्यभन्दा केही फरक गर्ने कोसिस गरेकी छु । जहिले पनि कसैले नगरेका नयाँनयाँ कामको सोच मनमा पलाइरहन्छ । अभिनयमा भन्ने हो भने मलाई यसतै भूमिका चाहिन्छ भन्ने छैन । साधारण डान्सरदेखि चरित्र अभिनेत्री, २० वर्षीय युवतीदेखि ५० वर्षीयवृद्धसम्मका जेजस्तो भए पनि गर्न तयार छु । चाहे ती आमा, बहिनी, बुहारी, श्रीमती या अन्य नै किन नहुन । मलाई मतलब छैन । तर, भूमिका अन्य अभिनेत्रीले अहिलेसम्म गरेका भन्दा भिन्न र फरक हुनुपर्‍यो ।
बलिउडका सफल अभिनेत्रीको उचाहिमा तपाईं पुग्न सफल हुनु भयो त ?
छैन । त्यो उचाहिमा पुग्न मेरो संघर्ष जारी छ । बलिउडमो जति काम गरे मैले ती सबैमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएकी छु । उचाइको निर्माण गर्दै छु । म बलिउडको त्यो उचाइमा पुग्न चाहन्छु जुन उचाहिमा अहिलेसम्मका अभिनेत्रीमध्ये केहीमात्र पुगेका छन् । अहिले मेरो खोजी सधँ सो उचाइकै बाटाको हो । यात्राकै क्रममा म आफूले आफूलाई कुन उचाइको लायक भनेर जान्ने कोसिसमा पनि छु । तर, अहिलेको मेरो चाहना भनेको डेबिड धवनको कमेडी चलचित्र हो । यसमा म अभिनय गर्न चाहन्छु । किनभने म भर्सटाइल अभिनेत्रीका रूपमा दर्शकका नजरमा चिनिन चाहन्छु ।
कार्यक्रम प्रस्तोताको रूपमा समेत आफूलाई चिनाउन सफल हुनुभयो नि ?
म सधैँ आफूलाई अलग देखाउन चाहने खालकी केटी हँ । जीवन संघर्षका क्रममा जे काम आइपर्छ त्यो मैले इमानदारीपूर्वक गरेकी पनि छु । मैले जे काममा हात हाल्छु सो काममा सफलता पनि मिलेको छ । त्यसैले पनि म आज यो स्थानमा आइपुगेकी हँ । फरक काम गर्ने सिलसिलामध्येकै एक काम हो कार्यक्रम प्रस्तोता । यसमा पनि मैले सफलता हात पारेँ ।
अभिनयमा सफलता हात नपरेका कारणले तपार्इं अन्य क्षेत्रमा भौँतारिँदै हुनुहुन्छ भन्ने आरोप छ नि ?
होइन, अभिनय अहिले पनि जारी छ । असफलता पाएको भए यो क्षेत्र छाड्नुपर्ने मैले । अभिनयका अलवा अन्यक्षेत्रबाट पनि आफूभित्रको प्रतिभा देखाउन खोजेकी हुँ । त्यसो त म सामाजिक काममा पनि अग्रसर छु । खास गरेर युवा पिँढीलाई गलत जोगाउने सामाजिक काममा । यसका लागि मैले कुलतमा नलाग्न र अमूल्य समय त्यसै खेर नफाल्न आग्रहसमेत गर्ने अभियानै चलाएकी छु ।
चलचित्र अभिनयमा तपाइंको बेग्लै स्टाइल छ नि ? तपार्इंका लागि के यो गर्वको विषय हो ?
म टिपिकल टाइपकी अभिनेत्री होइन । अभिनय सुरुआतकै क्रममा मैले अरूको चरित्र फलो गर्नुभन्दा पनि आफ्नो बेग्लै पहिचान स्थापित गरँ । त्यसैले पनि अहिले मेरो तुलना अरूको भूमिकासँग गर्न मिल्दैन । म जे गर्छु आफ्नै तरिकाले गर्छु । आफ्नो बेग्लै पहिचानले चिनिएकी पनि छु ।
अबका दिनमा तपाईंका खास योजना पनि छन् कि ?
अहिलेसम्म जति क्षेत्रमा काम गरेकी छु । ती काम बिना योजना गरेकी हुँ । त्यसैले योजना बनाएर काम गर्नुपर्छ, अनि मात्र सफलता मिल्छ भन्ने मान्यताका पछाडि म छैन । मलाई काम मिहिनेतपूर्वक गर्नुपर्छ सफता आफैँ हात पर्छ भन्ने बुझेकी छु । जीवनका केही खासै योजना नभए पनि न्युयोर्कमा गएर नृत्य सिक्ने सपना छ । त्यो सपना पूरा गरेरै छाड्छु । (एजेन्सी)

प्रतिक्रिया