कलामा निरन्तर गणेश

Ganeshकाठमाडौं : ०५६ मा कास्की पोखरामा आयोजित होटल एन्ड रेस्टुरेन्ट गायन तथा नृत्य प्रतियोगितामा सहभागीपछि कलाकारितालाई निरन्तर अगाडि बढाएका गणेश सुनुवार कलाका तीन विधा गायन, नृत्य र अभिनयलाई एकै साथ अगाडि बढाइरहेका छन् । धौलागिरि क्यासेट सेन्टरबाट मेरो हजुरलाई नामक एल्बमसमेत बजारमा ल्याएका गणेशले दर्जनौँ फुटकर गीतमा समेत स्वर दिएका छन् । गणेशले देशका लगभग दुई दर्जन जिल्लामा कला सांगीतिक कार्यक्रम गरेका छन् ।
स्टेज कार्यक्रममा कहिलेकाहीँ महिला कलाकारका रूपमा समेत देखिने सुनुवार दर्शक श्रोतालाई मनोरञ्जन गराउन आफू जुनै पनि भूमिकामा देखिन तयार रहेको बताउँछन् । विदेशी हुने विभिन्न सांगीतिक कार्यक्रममा समेत सहभागिता जनाउने गरेका सुनुवारले ‘पासा’ चलचित्रमा समेत अभिनय गरेका छन् । कलाकारितामा एक विधा अगाडि बढाएर व्यावसायिक हुन नसक्ने गणेश बताउँछन् । (सौस)

प्रतिक्रिया