छुरी हानी हत्या

पाँचथर : फिदिम–४ गढीका १९ वर्षीय सञ्जीव तुम्बापोको मंगलबार राति ८ बजे नवमीडाँडा–६ बजारमा छुरा प्रहार गरी हत्या भएको छ ।
बजार भर्न गएका तुम्बापोको अज्ञात व्यक्तिद्वारा बायाँ छातीमा छुरी प्रहार गरिएको प्रहरीले जनाएको छ । अर्का गम्भीर घाइते भएका रानीटार–४ का २० वर्षीय मञ्जिल लिम्बूलाई उपचारका लागि बिपी कोइराला मेमोरियल विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । प्रहरीले घटनास्थलदेखि एकथान छुरी बरामद गरेको छ ।
त्यस्तै सदरमुकाम फिदिम–१ हुलाकटोलमा सरोज गुरुङले मंगलबार राति पासाङ शेर्पालाई छुरी प्रहार गरी घाइते बनाएका छन् । घाइतेको उपचार पाँचथर जिल्ला अस्पतालमा भइरहेको छ । (सौस)

प्रतिक्रिया