खुकुरी, तरबार देखाउनेलाई शब्दले ठीक पार्छु

Bulu-Mukarungपाँच सदस्यको परिबार मेरो । जसमा श्रीमती विद्या मोक्तान, छोरा सञ्जिल, छोरी हिमा र एक बुहारी र म । श्रीमती शास्त्रीय सितार वाधक पनि हुन् भने छोरा प्रहरी निरीक्षक । मेरो परिवारले सांगीतिक क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक छ । परिवारका प्राय: सदस्यले गीत–संगीतलाई नजिकबाट बुझेका पनि छन् । छोराले त गायनमा लागेर एल्बम् पनि निकालेको छ । नइपाल र मोक्षमा व्यान्डमा समेत उसले सहभागिता जनाएको थियो ।
वाल्यकालमा आमाबुबासँगै रहँदा घरपरिवारबाट सपोर्टभन्दा पनि स्वतन्त्रता पाएँ । सांगीतिक क्षेत्रमा लाग्न घरबाट बन्देज त थिएन तर मेरो सिर्जनामा लगानीका हिसाबले परिवारको सपोर्ट पनि थिएन । जतिबेला कलाकारितामा म लागेँ त्यसबेला राज्यले कलाकार उत्पादनका लागि उल्टै पैसा खर्च गथ्र्याे । काठमाडौं आएपछि मैले पनि पैसा लिएर संगीत सिकँ ।
बुबाआमाको नौ सन्तान मध्ये म कान्छो छोरो । म ५–६ वर्ष हुँदा नै बुबाको मृत्यु भयो । आमा निरक्षर भएकोले पनि उहाँले मलाई कहिल्यै डाक्टर इन्जिनियर बन्नुपर्छ भनेर जोड दिनु भएन । मेरा समकक्षी साथी त अहिले पनि खेती किसानी गरेर जीवन चलाउँदै छन् । आमाले किसानीमै लाग्न कर नगरेकै कारण म आज यहाँ छु ।
कलाकारितामा लागेको करिब ३५–३६ वर्ष भयो होला । परिवारको सपोर्टविना यतिका वर्ष यसमै बिताउन कहाँ सक्थेँ र † प्रत्यक्ष वा अप्रत्यक्ष परिवारको सपोर्ट पाएकै छु । घरमा रहँदा भित्रका काममा सकेजति सहयोग गर्छु । गार्डेनका फूलमा पानी हाल्नेदेखि सफा–सुग्घर गर्ने काम पनि मेरै हो । ती फूलमा हराउँदै पुस्तक अध्ययन गर्ने मेरो बानी नै परिसक्यो । घरवरिपरि सरसफाईमा विशेष ध्यान रहन्छ । म कपडा पनि आपैँm धुन्छु । कहिल्यै श्रीमतीलाई लगाएको छैन । त्यस्तै परे खाना पनि आपैँm बनाउँछु । तरकारी केलाउनेलगायत म घरका साना काममा सहयोग त कति हो कति ।
मेरो निवास लामपोखरी मार्गमा पर्छ । सो टोलको सुधार समितिको पनि म अध्यक्ष हुँ । दुई वर्षदेखि म यसमै छु । समितिमा म आएदेखि टोल एकदमै सफा भएको छ । घरमा रहँदा टोलका बासीलाई जम्मा पारेर टोल सफाई समेत गराउँछु । टोलमा खुकुरी, तरबार लिएर हिँड्नेलाई शब्दले ठीक पार्छु ।
सुनिन्छ कतिपय कलाकारले परिवारलाई समय नै दिन भ्याउँदैनन् रे † मैले त परिवारलाई चाहिँदो समय दिएको छु । परिवारले सोचेका कुराहरू सबै पूरा गरिदिएको छु । मैले गाँस, बास र कपास सांगीतिक क्षेत्रबाटै जोड्न सकेको छु । त्योभन्दा पनि दर्शक श्रोताहरूको माया पाएको छु । त्यही नै ठूलो उपलव्धि ठान्छु ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया