प्रोसेस, विकेस र मिलानलाई अग्रता

काठमाडौं : ओसिड नेपालको आयोजनामा काडमाडौंमा सुरु भएको यु–१४ बुद्धिचाल प्रतियोगितामा अन्नपूर्ण उच्च माविका मिलन लामा र विकेश जायसवाल चार अंकसहित शीर्ष स्थानमा रहेका छन् । प्रतियोगिताको पहिलो दिन सम्पन्न चार चरणको खेलमा यी दुइसँगै शीर्ष वरीयताका खेलाडी राजन मेमोरियलका प्रोसेस श्रेष्ठले पनि चार अंक नै जोडेका छन् ।
एभरेस्ट स्कुल कैलालीका महेश खड्का, ओसिड नेपालका हरेराम चौधरी तथा तिलक खड्का, अन्नपूर्णका जेनिस थापा तथा आकृति पाण्डेका साथै परोपकारका अनीष भण्डारीले तीन अंक जोडेका छन् । बुद्धिस्ट बालगृहका सुमन दुवस, शिशिर दुवस तथा सुरेन्द्र दुवस, ग्रीनल्याण्ड स्कुलका सुसान्त गौतम, सूर्योदय बालगृहका राजकुमार श्रेष्ठ तथा इनोभेटिभका अजय कुँवरको पनि समान तीन अंक रहेको छ । प्रतियोगितामा प्रथम हुनेले पाँच हजार रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा खुलातर्फ उत्कृष्ट १० र छात्रातर्फ उत्कृष्ट तीन गरी १३ जनाले पुरस्कार पाउनेछन् । मंगलबारसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १५ संस्थाबाट ५१ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार पाँचौँ, छैटौँ तथा सातौँ चरणका खेल सञ्चालन हुनेछन् । (सौस)

प्रतिक्रिया