चौरी गोठ तर छैन र शून्य उत्कृष्ट

काठमाडौं : काठमाडौं सर्ट फिल्म फेस्टा–२०१३ मा चौरीगोठ तर छैन र शून्य उत्कृट भएको छ । २५ लघु चलचित्रलाई उछिन्दै शून्यले ‘बेस्ट सर्ट फिल्म (फिक्सन) विधाको अवार्ड हात पारेको हो । शिक्षामा सबैको पहुँच विषयमा निर्मित यस चलचित्रले पुस्कारसँगै ट्रफी र १० हजार रुपियाँसमेत हात पार्न सफल भयो ।
त्यस्तै, बेस्ट सर्ट फिल्म (डक्युमेन्ट्री)को उपाधि गोविन्द नेपालद्वारा निर्देशित ‘चौरी गोठ तर छैन’ ले हात पार्‍यो । दोलखाको शैलुङमा चौरी पाल्नेहरूको कथामा यो निर्माण गरिएको थियो ।
इसु लामाको चलचित्र ‘द वाइन ओपनर’ले ‘जुरी अवार्ड’ डिपी शाहको वृत्तचित्र ‘मेप्वाया’लाई पब्लिक च्वाइस अवार्ड दिइएको कार्यक्रममा गणेश पाण्डेको वृत्तचित्र ‘अन्तिम सन्देश’ले ‘इन्करेजमेन्ट अवार्ड’ जित्यो ।
बेस्ट म्यासेज फिल्मको अवार्ड वृत्तचित्र ‘महायात्रा’ले प्राप्त गरेको महोत्सवको निर्णायकमा चलचित्र निर्देशक आकाश अधिकारी, चलचित्र लेखक/निर्देशक ओम प्रतीक, सञ्चारकर्मी दीपेन्द्र लामा र महिला छायाकार सबनम मुखिया थिए ।
अध्यक्ष शान्तिप्रियले पहिलोपटक आयोजना गरिएको ‘काठमाडौं सर्ट फिल्म फेस्टा–२०१३’ मा दर्शकका उत्साह र सहभागिताले महोत्सवलाई निरन्तरता दिन हौसला मिलेको बताए । उनले अर्को वर्षको महोत्सव समयमै आयोजना गर्ने बताए । महोत्सवका निर्देशक डब्बु क्षत्रीले यस्ता कार्यक्रमले नयाँ पुस्तामा छोटा चलचित्र निर्माण गर्ने उत्साह बढ्ने बताए । अनामनगरस्थित मण्डला थिएटरमा ३० देखि १ वैशाखसम्म तीन दिन चलेको यो महोत्सवमा ४० ओटा छोटा चलचित्र एवं वृत्तचित्र प्रदर्शन गरियो । (सौस)

प्रतिक्रिया