सुर्खेतमा बिषादी खुवाई घरमा लुटपाट

Lootpatदैलेख, १ वैशाख । दैलेख जिल्लामा अपरिचित एक जोडीले घरमा रहेका सबै परिवारलाई विषादी खुवाई लुटपाट गरेर फरार भएको छ ।
शुक्रबार राति खसी किन्ने बहानाए बनाएर आएका एक महिला र पुरुषले बराह–५ का जयबहादुर खड्काको घरका सबैलाई विषादी खुवाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले घरमा रहेका ६ जना सदस्यहरुलाई नाम नखुलेको विषादी खुवाई बेहोस बनाएका हुन् । घरका सबै परिवार बेहोस भए पछि महिला र पुरुषले धनमाल, बैंकको एटिएम कार्ड र ६ वटा मोवाइल सेट लुटेका थिए ।
बेहोस ६ जनालाई उपचारका लागि क्षेत्रीय अस्पताल सुर्खेत लगिएको छ ।

प्रतिक्रिया