एमाओवादी नेताका घरमा आगलागी

गुल्मी : एकीकृत नेकपा (माओवादी) मगरात राज्य समिति सचिवालय सदस्य बुद्धि जिसीको घरमा आगलागी भएको छ । भनभने–३ मा रहेको जिसीको घरमा आगलागी हुँदा घरगोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट चार लाख रुपियाँभन्दा बढीको क्षति भएको परिवारले बताएको छ । आइतबार साँझ ६ बजेदेखि लागेको आगो पानीको अभावमा स्थानीयको लामो प्रयासमा राति अबेर मात्रै नियन्त्रणमा आएको थियो । आगलागीको कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयले बताएका छन् । आगलागीबाट कागजात, अन्नपात, गरगहाना, लत्ताकपडा जलेर नष्ट भएका छन् । (सौस)

प्रतिक्रिया