रेडियोकर्मी सम्मानित

काठमाडौं : मिडिया इन्टरनेसनलले रेडियोकर्मी डियर कल्याण अर्थात् कल्याणराज गौतमलाई सम्मान गरेको छ ।
सो संस्थाले आफ्नो दोस्रो वर्ष प्रवेशको अवसरमा हालै राजधानीमा गरेको कार्यक्रममा गौतमलाई ‘उत्कृष्ट रेडियो कार्यक्रम प्रस्तोता २०१२’ बाट सम्मान गरेको हो ।
विगत १५ वर्षदेखि निरन्तर रेडियोमा संलग्न रहँदै आएका गौतमलाई उनको लगावको कदरस्वरूप पुरष्कृत गरिएको संस्थाका अध्यक्ष माधव निर्दोषले बताए । (सौस)

प्रतिक्रिया