झलनाथसँग टिकट माग्दै भुवन

Bhuwan-kcकाठमाडौं : चलचित्र क्षेत्रमा सदाबहार नायकका रूपमा परिचित अभिनेता भुवन केसीले नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालसँग भेटेका छन् । बिहीबार बिहान करिब साढे नौ बजे खनाल निवास डल्लुमै पुगेर उनले अध्यक्ष खनाललाई भेटेका हुन् । करिब एक घन्टा खनाल निवासमा बिताएका भुवनले उनीसँग आगामी चुनावका लागि घुमाउरो पारामा टिकट दिनसमेत माग गरेका थिए ।
‘केही समयपछि अर्काे नयाँ चलचित्र छायांकन गर्ने तयारी गरिरहेको छु, यही चलचित्रको शुभमुर्हूतमा तपाईं आउनुपर्छ भन्न म खनाल निवास पुगेको हुँ,’ भुवनले भने, ‘मेरो अगाडिका चलचित्रमा पनि उहाँले सल्लाह दिँदै आउनुभएकाले यस पटकको भेटको उद्देश्य पनि सल्लाह नै हो ।
चलचित्रको विषयबाट सुरु भएको खनाल भुवनवार्ता चलचित्रको वर्तमान अवस्था हँुदै देशको राजनीति समस्यामा पुगेर टुंगिएको थियो । भुवनले वार्तामा नजिकिँदै गरेको चुनावमा एमाले पार्टीलाई सहयोग गर्न आफू तयार रहेकोसमेत बताए ।
‘तपाईंको शालीनता र राष्ट्रियताप्रतिको झुकावले मलाई प्रेरित गरेको छ, यसैले म तपाईं र पार्टीका लागि काम गर्न चाहन्छु,’ भुवनले खनाललाई भनेको स्रोतले बतायो ।
आफू पहिलेदेखि नै एमाले भएकाले चुनावमा पार्टीलाई आवश्यक परे सहयोग गर्न तयार रहेको वचन अध्यक्ष खनाललाई दिएको भुवनले स्विकारे । उनले भने, ‘झलनाथको गृहजिल्ला इलाममा पुगेर उनका लागि भोट माग्छु भन्ने मेरा बारेमा गलत समाचार बाहिर आएका छन्, म यसलाई खण्डन गर्न चाहन्छु ।’
चुनाव नजिकिएपछि भुवनले अचेल चहलपहल पनि बढाएका छन् । पार्टीले चुनावका आफूलाई उम्मेदवार बनाए आफू उम्मेदवारी दिन तयार रहेको बताउने उनले कुन जिल्लाबाट आफ्नो उम्मेदवार रहने भन्ने विषयमा अहिले भन्न नसक्ने बताए ।
भुवन अहिले अर्काे चलचित्र निर्माणको तयारीमा छन् । चलचित्रको लेखन कार्यको अन्तिम चरणमा रहेको छ । आफ्नो चलचित्र आफँै निर्देशन गर्ने तयारीमा रहेका भुवन यस चलचित्रमा अधिकांश कलाकार नयाँ अनुहार भित्र्याउने तयारीमा छन् । पछिल्लो समय छोरा अनमोललाई चलचित्र क्षेत्रमा अगाडि बढाइरहेका भुवनले यसमा छोराको अभिनय रहने/नरहने अहिले नै निक्र्याेल नभइसकेको बताए । (सौस)

प्रतिक्रिया