अध्यक्ष रेग्मी-राजदूत जयन्तबीच भेटबार्ता

काठमाडौं, १५ चैत । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले भेटवार्ता गरेका छन् ।
काठमाडौंमा आज भएको भेटमा संविधानसभाको निर्वाचन र नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको रेग्मीको निजी सचिवालयले जनाएको छ । भेटमा राजदूत जयन्तले निर्वाचनका क्रममा आवश्यक पर्ने चुनावी सहयोग गर्न भारत तयार रहेको आश्वासन समेत दिएका थिए ।
दलीय सहमतिका साथ अघि बढ्नु पर्ने सुझाव दिएका राजदूत जयन्तले तोकिएकै समयमा निर्वाचन गर्न पनि सुझाव दिएका छन् ।
रेग्मी अन्तरिम मन्त्रिपरिषद अध्यक्ष भए पछि राजदूत जयन्तले पहिलो पटक भेट गरेका हुन् । यस अघि जयन्तले कांग्रेस सभापति सुशील कोइराला लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटबार्ता गरिसकेका छन् ।

प्रतिक्रिया