प्रियंता भइन् मिस एयर होस्टेस–२०१३

Ramri-Taruniकाठमाडौं : १२ प्रतिस्पर्धीलाई पछि पार्दै नमस्ते एयर मिस एयर होस्टेस–२०१३ को ताज प्रियंता मोक्तानले पहिरिन सफल भएकी छन् । शनिबार काठमाडांैको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम प्रतिस्प्रर्धामा मोक्तानले वेस्ट स्माइलसहित सो उपाधि हात पारेकी हुन् । १९ वर्षीया मोक्तानलाई मिस इकलेज २०१२ की विजेता गृष्मा बस्नेतले ताज पहिर्‍याइन् ।

यस्तै फस्ट रनरअपको उपाधि मोरङकी १८ वर्षीया एलिना लिम्बूले हासिल गरेकी छन् भने । सेकेन्ड रनर बानेश्वरकी १९ वर्षीया प्रियांका खड्काको पोल्टामा पर्‍यो । प्रियांका प्रतियोगितामा मिस फोटोजेनिकको टाइटल पनि बाजी मारिन् । प्रतियोगितामा लताले बेस्ट पर्सनालिटीको उपाधि हाासिल गरिन् ।
प्रतियोगिताका यी तीनै विजेताले उपाधिसँगै स्नातकमा एक वर्षको अध्ययन गर्न साउथ वैस्टन स्टेट कलेज वसुन्धरामा छात्रवृत्तिसमेत पाएका छन् । मिस एयर होस्टेसको अध्ययन तथा प्रशिक्षण पूरा गरेर बसेका युवतीहरू बीच भएको प्रतिस्पर्धामा निर्णायकले धेरै जसो हवाई उडान र उनीहरूको पेसा एवं कार्यसम्बन्धी प्रश्न गरेका थिए ।
प्रतियोगितामा बेस्ट प्रेmन्डको उपाधि नवाङ मोक्तन, बेस्ट ड्रेसको र मिस पपुलर उपाधि पेसिना लिम्बूले हात पारिन् भने डिसिपिलिन अवार्डमा रूपा खाम्चा सम्मानित भइन् । रोजिन शाक्यले कोरियोग्राफी रहेको प्रतियोगिताका निर्णायकमा नमस्ते एयरका कार्यकारी प्रमुख राजु केसी, क्याप्टेन दधिराम निरौला, नेपाल एयरलाइन्सकी चिफ क्याबिन क्रू माधुली मल्ल जोशी, साउथ वैस्टन स्टेटकलेजका प्रिन्सिपल डा.राजेन्द्र केसी, नेपाल टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागार्इं, निर्देशक तथा निर्माता जनकदीप पराजुली र लन्डन फेसन हाउसका निर्देशक मनीषा डंगोल श्रेष्ठ रहेका थिए ।
कार्यक्रममा आयोजक संस्था सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले विजेता र उपविजेतालाई नमस्ते एयरलाइन्समा एयर होस्टेसको नियुक्ति दिलाउने बताए । (सौस)

प्रतिक्रिया