आलियाले पनि ग्ल्यामर दिने

Alia-Bhattमुम्बई : ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउड चलचित्र अभिनयमा प्रवेश गरेकी अभिनेत्री आलिया भट्ट छोटो समयमै बलिउडमा एउटा स्थान बनाउन सफल भएकी छन् । यस चलचित्रको सफलता पछि उनलाई बलिउड चलचित्र धेरै नै अफर पनि आए । तर, त्यसरी आएका सबै अफरलाई उनले अवसरका रूपमा छोप्न भने सकिनन् । अफर आएका मध्ये उनले केही चलचित्र मात्र छानेर अभिनय गरिन् । पछिल्लो समय बलिउड करियरमा सफलताको पाइला चाल्दै गरेकी आलियाको हातमा अहिले ‘हाइवे’ नामक अर्को चलचित्र परेको छ ।
‘रकस्टार’ र ‘जब वी मिट’ जस्ता सफल मानिएका चलचित्रका निर्देशक इम्तियाज अलीले ‘हाइवे’लाई निर्देशन गर्न लागेका हुन् । चलचित्रमा ओस्कार अवार्ड विजेता संगीतकार एआर रहेमानको संगीत रहने लगभग पक्कापक्की पनि भइसकेको छ ।
यस चलचित्रमा आलियाको साथमा रणदीप होडाको समेत मुख्य भूमिकामा अभिनय रहने भएको छ । ‘रहमान साब र इम्तिआज अलिसँग काम गर्न पाउँदा अत्यस्तै खुसी लागेको छ ।’ आलियाले भनिन्, ‘मैले अभिनयको सुरुका दिनमा जोसँग काम गर्ने सपना देखेको थिएँ अहिले पूरा हँुदै छ ।’ आलिया चलचित्रकी एकल नायिका हुन् । (एजेन्सी)

प्रतिक्रिया