होटल व्यवस्थित गर्न आचारसंहिता लागू

विराटनगर, ७ चैत । विराटनगरका होटेलमा अमर्यादित गतिविधि हुन नदिन व्यवसायी आपैँmले आचारसंहिता लागू गरेका छन् ।

विराटनगरमा रहेका साना तथा ठूला होटेलमा यौनजन्यलगायत अन्य अमर्यादित क्रियाकलाप हुने विभिन्न समयमा गुनासो सार्वजानिक भएपछि व्यवसायीले आपैँmले पाँचबुँदे आचारसंहिता निर्माण गरी लागू गरेका हुन् । होटेलमा अमर्यादित गतिविधि हुने गरेको गुनासो आउने गरेकाले स्थानीय प्रशासन, साना तथा मझौला होटेल व्यवसायी संघ, क्षेत्रीय होटेल संघ, होटेल तथा पेय पदार्थ व्यवसायी संघको संयुक्त पहलमा आचारसंहिता निर्माण गरिएको होटेल तथा पेय पदार्थ व्यवसायी संघ मोरङका अध्यक्ष बलराम काररन्जितले बताए ।
आचारसंहितामा होटेलमा आउने ग्राहकको अनिवार्य सक्कली परिचय र सम्पर्क नम्बर खुल्ने गरी अभिलेख राख्ने, एकभन्दा बढी ग्राहक आएमा सबैको परिचय पत्र र सम्पर्क नम्बर अनिवार्य रूपमा टिपोट गरी राख्ने, कुनै पनि ग्राहकले श्रीमान/श्रीमती भनेर होटलमा बस्न आएमा दुवैको सक्कली नाम र सम्पर्क नम्बर उल्लेख गर्नेलगायतका कुरा उल्लेख गरिएको छ ।
त्यसैगरी कुनै पनि ग्राहकले सवारी साधन ल्याएमा सवारी साधनको नम्बर तथा चालकको लाइसेन्स नम्बरसमेत उल्लेख गर्ने, ग्राहक आएको र गएको समय अनिवार्य उल्लेख गर्ने, सबै होटेलमा खानेकुराको हकमा अनिवार्य मेनुको व्यवस्था गर्ने, गजल साँझहरूमा काम गर्ने महिला कर्मचारीले अमर्यादित पोसाक लगाउन नपाउने र कुनै पनि अश्लीलता झल्किने पोसाक तथा गतिविधि गरे कानुन बमोजिम कारबाही गर्ने लगायतका बुँदा समेटिएको अध्यक्ष काररन्जितले बताए । यसअघि सबै होटेलले ग्राहकको सक्कली परिचय खुल्ने गरी अभिलेख नराख्दा होटेलमा अपराध गर्ने व्यक्तीहरू पक्राउ गर्न असजिलो भएकाले ग्राहकको सक्कली परिचय र सम्पर्क नम्बर राख्दा अपराधिहरू पक्राउ गर्न सहज हुने उनको भनाइ छ । होटेलमा सँगै आएका मध्ये एकले अर्काको हत्या गरेर फरार हुँदासमेत पक्राउ गर्न सहज थिएन काररन्जितले भने, ‘प्रहरीको अनुसन्धानलाई सहज बनाउन पनि हामी आपैँmले आचारसंहिता निर्माण गरेर अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेका हौँ ।’ विराटनगरको जूनतारा होटेलमा बसेका एक ग्राहकसँग होटेलले अनावश्यक रूपमा मोटो रकम माग गरेको विवाद सार्वजनिक भएपछि त्यस्ता घटनालाई निस्तेज पार्न अनिवार्य मेनुको व्यवस्था गर्ने नियम बनाएको उनले बताए । ग्राहकले मेनुमा उल्लेख भए अनुसारको कुराहरू स्वेच्छाले खान सकून् भनेर यस्तो नियम बनाइएको हो उनले भने ।
होटेलमा श्रीमान्/श्रीमती भनी यौनकर्मी महिलाको साथमा पुरुषहरू पुग्ने गरेकाले त्यसलाई निस्तेज पार्न श्रीमान्/श्रीमती भए/नभएको बारेमा होटेल सञ्चालकले समेत यकिन गर्न प्रयास गर्ने उनले बताए । क्षेत्रीय होटेल संघका अध्यक्ष सुरेश भट्टराईले केही होटेलले गर्दा सबै बदनाम हुने अवस्था आएकाले यो कदम जरुरी भएको बताए । होटेलमा विभिन्न आपराधिक कार्यहरू हुने गरेको छ त्यसलाई रोक्न र व्यवसायलाई व्यवस्थित गर्न पनि आचारसंहिता लागू गरिएको उनले बताए । केही होटेलले नाफा कमाउने नाममा समाजलाई अपाच्य गतिविधि गरेको सत्य हो त्यसलाई आचारसंहिता भएपछि रोक्न सहज हुने उनले बताए । अध्यक्ष भट्टराईले सातामा विराटनगरका सबै होटेलले आचारसंहिता लागू गरे/नगरेको अनुगमन गर्ने र नगर्नेलाई कारबाहीका लागी व्यवसायीहरू आपैँmले पहल गर्ने जानकारी दिए ।

प्रतिक्रिया