नवलपरासीको फराकिलो जित

काठमाडौं : रूपन्देही जिल्ला फुटबल संघको आयोजनामा १४ जिल्लाका युवा टिमहरूको सहभागितामा एन्फा टेक्निकल सेन्टर बुटवलको खेल मैदानमा जारी जिल्ला विकास सभापति कप फुटबल प्रतियोगिता २०६९ अन्तर्गत सोमबार भएको खेलमा नवलपरासीले धादिङलाई ९–० ले पराजित गर्‍यो ।
नवलपरासीका लागि सन्जु गुरुङ र दामोदर थापाले दुई/दुई गोल गरे । मनुप थापा, सुरेन्द्र बुढाथोकी, दिनेश भट्टराई र सन्तोष गुरुङले एक/एक गोल गरे । धादिङका कमल श्रेष्ठले आत्मघाती गोल गरे ।
अर्को खेलमा कञ्चनपुरले काभ्रेलाई सडन डेथमा ६–५ गोलले पराजित गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेलको निर्णय टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि दुवै टिमको तर्फबाट ४/४ गोल भएको थियो ।
मंगलबार रूपन्देही र झापा तथा दोस्रो सेमिफाइनल खेल कञ्चनपुर र नवलपरासीबीच खेल हुनेछ । (सौस)

प्रतिक्रिया