होटल संघ नेपालका प्रथम उपाध्यक्ष तथा र्‍याडिसन होटलका प्रबन्ध–निर्देशक विके श्रेष्ठमाथि भएको आक्रमणको घटनालाई कसरी लिनुभएको छ ?

यो घटनाले मुलुकको शान्ति–सुरक्षाको अवस्था गम्भीर र फितलो भएको पुष्टि गरेको छ । यो ज्यादै गम्भीर घटना हो । यस्ताखाले घटनाले पर्यटन व्यवसायीलाई हतोत्साहित बनाउने र अन्तर्राष्ट्रिय क्षेत्रबाट पर्यटन व्यवसायी नेपाल आउने वातावरण बिग्रनेछ । अहिले अन्तर्राष्ट्रिय क्षेत्रबाट पर्यटक नेपाल आउने समय पनि हो । यसबाट पर्यटक व्यवसायी र पर्यटक दुवैमा भय उत्पन्न गरेको छ । यो भयका कारण पर्यटन क्षेत्रमा धेरै बेफाइदा हुनेछ ।
यस्ताखाले घटनाले पर्यटन क्षेत्रमा हुने लगानीसमेत प्रभावित हुने निश्चित छ । नेपालको पर्यटन क्षेत्रमा बाह्य लगानीको माग बढी रहेको छ । पर्यटन क्षेत्रको यस दु:खद घटनाले बाह््य क्षेत्रका लगानीकर्तामा पनि आशंका उत्पन्न भएको छ । हरेक मान्छे व्यक्तिगत सुरक्षाको प्रत्याभूति होस् भन्ने चाहन्छ । त्यो स्वाभाविक पनि हो । जीवनको सुरक्षाका लागि हरेक व्यक्ति संवदेनशील हुन्छ । यो घटनाले आमव्यक्तिलाई समेत चिन्तित बनाउनेछ । समग्रमा यो घटना सुरक्षाका दृष्टिले गम्भीर हो । राज्य र आम सरोकारवाला यसबारे सचेत रहनै पर्छ ।

प्रतिक्रिया