जुम्लामा घरमा पुरिएर आठ जनाको मृत्यु

Jumla Districtजुम्ला, १ चैत । जुम्ला जिल्लामा घर भत्किंदा ८ जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।
सिंजा वड्की–४ निवासी देवीलाल सार्कीको घर बुधबार राती भत्किंदा एकै परिवारका ६ जना र अन्य दुई जना समेत ८ जनाको मृत्यु भएको हो ।
अविरल वर्षाका कारण जिर्ण वन्दै गएको घर भत्किए पछि उनीहरुको पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिए ।
मृत्यु हुनेहरुमा ३० वर्षीय नुन्नु सार्की, १३ वर्षीय हरिभक्त सार्की, ९ वर्षीय लालजीरा सार्की, ६ वर्षीया सुशीला सार्की, १३ वर्षीय सागरा सार्की रहेका छन् ।
त्यसै गरी, तातोपानी गाविसवाट प्रवेशिका परीक्षा दिन गएका १८ वर्षीय हरिदत्त सार्की, तातोपानीकै १८ वर्षीय टंक सार्की र ५ वर्षीय वगदिश नेपालीको पनि मृत्यु भएको छ ।
मृतकहरुको शव पुरिएको अवस्थामा फेला परेको थियो । घाइते ४ जनालाई प्रहरीले उद्धार गरेको छ ।

प्रतिक्रिया