वसको ठक्करबाट छात्राको मृत्यु

राजविराज, १ चैत । एसएलसी परीक्षा सकेर घर फर्कने क्रममा वसको ठक्करवाट विहीवार सप्तरीमा एक छात्राको मृत्यू भएको छ ।
मृत्यू हुनेमा वनरझुल्ला—८ निवासी १६ वर्षीया शशिकुमारी चौधरी हुन् । कठौनास्थित भगवतपुर परीक्षा केन्द्रवाट फर्कने क्रममा ना ४ ख २११६ नम्वरको वसको ठक्करवाट उनको मृत्यू भएको हो ।
वसको ठक्करवाट गम्भीर घाईते उनलाई उपचारार्थ राजविराज ल्याउने क्रममा वाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै विद्यार्थीले केही समय विरोधमा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया