श्रीनगरमा आत्मघाती आक्रमण

श्रीनगर : भारत प्रशासित काश्मिरको राजधानी श्रीनगरमा बुधबार बिहान गस्तीमा रहेको सुरक्षाकर्मीको एक समूहलाई लक्ष गरी गराइएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु भएको छ । मारिनेमा भारतीय प्रहरीको सशस्त्र बलका चार प्रहरी छन् । मारिनेमध्ये दुई हतियारधारी चरमपन्थी रहेको बताइए पनि उनीहरूको पहिचान भएको छैन ।
आक्रमणमा परी भारतीय अर्ध सैनिक बलका चार सदस्यको ज्यान गएको भारतीय प्रहरीका एक अधिकारीले नाम नबताउने शर्तमा भने । केही समययतादेखि पाकिस्तान र भारतका सीमा क्षेत्रमा दुवै पक्षबाट आक्रमण र केही सीमा सुरक्षा बलको ज्यान जानेगरी भएको गोलीहानाहानपछि दुई देशबीच थप असहजता उत्पन्न भएको छ । (एएफपी)

प्रतिक्रिया