रिहानाले गाइनन् प्रेमीका गीत

Reehanaलस एन्जलस : हलिउड गायिका रिहाना अचेल सांगीतिक भ्रमण ‘डायमन्ड टुर’ मा रहेकी छन् । यसरी सांगीतिक टुरमा रहेका बेला सधैँजसो प्राय: उनी प्रेमी क्रिस ब्राउनका गीतलाई सबैभन्दा पहिले प्रस्तुत गर्थिन् । यो उनको परम्पराभन्दा पनि फरक नपर्ला । तर, यसपटकको टुरमा भने आफूलाई पहिलेझैँ प्रस्तुत गरेर सबैलाई आचार्य चकित तुलाएकी छन् ।
यो टुरको सुरुआतमा उनले आफ्ना प्रेमीका कुनै पनि गीतसंगीत प्रस्तुत गरिनन् । त्यसो त रिहानासँग प्रेमी क्रिसका कुनै पनि गीत नभएर भने होइन । उनले प्रेमी क्रिससँग ‘ब्याड गर्ल’ ‘टर्न अप म्युजिक’ र ‘नोबडिज बिजनेस’ गरी तीन गीत जोडीका रूपमा सँगसँगै गाएकी पनि छन् । उनको यस टुरमा २८ गीत समावेश छ जुन गीतलाई उनले प्रस्तुत गर्ने योजना बनाएकी छन् । तर, ती गीतको सूचीमा प्रेमी क्रिसका कुनै गीत समावेश छैनन् ।
प्रेमीका गीत टुरमा समावेश नगराएकी रिहानाले उनका प्रतिद्वन्द्वीका रूपमा रहेका र्‍यापर डरेकका ‘ह्वाट इज माई नेम’ बोलको गीत भने प्रस्तुत गरेकी छन् । डरेकले उक्त गीत हालै सार्वजनिक गरेका थिए । क्रिसपछि रिहाना मेरो साथमा रहनेछिन् डरेकले गीत सर्वजनिक गर्दै भनेका छन् ।
त्यसो त आर एन्ड बी स्टार रिहानामा यो टुरपछि एक वर्ष गीतसंगीतबाट टाढा रहने सोचाइ छ । ‘यो तनावपूर्ण जिन्दगीबाट एक वर्षका लागि फुर्सद लिन चाहन्छु,’ रिहानाले भनिन् । पछिल्लो केही वर्षदेखि रिहाना सांगीतिक क्षेत्रमा एकदम व्यस्त रहेकी छन् ।
२५ वर्षीय यी गायिकाले २०१३ मा गायनबाटै ग्रामी पुरस्कार पनि जितेकी छिन् । यसै वर्ष दुई एकल एल्बमलाई सावजनिकसँगै चर्चितसमेत बनाएकी रिहानाले यसै वर्षका हिट गीतबाट ‘डायमन्ड टुर’ मा गाउने सुरुआत गरेकी छन् । उनी सांगीतिक क्षेत्रमा प्रवेश गरेको सात वर्ष मात्र भयो । यी वर्षमा उनले सात चर्चित एल्बम सार्वजनिक गरेकी छन् । सन् २००५ मा सार्वजनिक भएको एल्बम ‘म्युजिक अफ द सन’ बाट गायनमा देखापरेकी रिहाना अहिलेसम्म सार्वजनिक भएका प्राय: सबै एल्बम हिट भएका एजेन्सीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया