चितवनमा प्रवेशिका परीक्षाको तयारी पुरा

Chtiwan-Slcचितवन, २८ फागुन । चितवनमा २०६९ सालको प्रवेशिका परीक्षा एसएलसीमा ९७ दशमलव १४ प्रतिशत विद्यार्थी सम्मिलित हुने भएका छन् ।
परीक्षामा १ सय ९८ विद्यालयका विद्यार्थी सहभागी हुने छन् । नियमितका १० हजार चार सय ७६ र एक्जाम्टेड तर्फमा १८ सयसमेत १२ हजार दुई सय ७३ जना विद्यार्थीले परीक्षा दिने जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए ।
चैत–१ देखि देशभरिनै एसएलसी परीक्षा सञ्चालन हुँदैछ । चितवनमा परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शर्माले बताए ।
भरतपुरमा आज पत्रकार सम्मेलन गरेर परीक्षाका लागि आवेदन दिएका १० हजार ७ सय ८४ मध्ये १० हजार चार सय ७६ जना प्रवेशिका परीक्षामा सहभागी हुन लागेको जानकारी दिईएको हो ।
यसैबीच, शक्तिखोरमा रहेका माओवादी लडाकुलाई लक्षित गरेर राखिएका दुई परीक्षा केन्द्र हटाईएका छन् ।
नेपाल आर्दश शिक्षा सदन, डेजी उच्चमावि, स्काईराईटर उच्च मावि, प्यारागन उच्च मावि र वाल्मिकि शिक्षा सदनका साथै पूर्वी चितवनमा १५, पश्चिम चितवन १०, माडी क्षेत्रमा दुई, कुरिनटारमा १ र भरतपुर नगरपालिकामा १० गरी ३८ विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको परीक्षा सूचना केन्द्रका प्रमुख गोपालप्रसाद कडेँलले जानकारी दिए ।
यस पटक चिवतनमा यस पटक ३ जना दृष्टिविहिन परीक्षर्थी पनि सहभागी हुँदैछन् ।
शिक्षा कार्यलयले परीक्षामा पालना गर्नुपर्ने आचारसंहिता केन्द्राध्यक्ष निर्देशन पुस्तिका, विद्यार्थीको प्रवेशपत्र, कन्ट्रोल लिष्ट, प्रश्नपत्र र उत्तरपुस्तिका सुरक्षा निकायको सहकार्यमा पुगिसकेको जनाएको छ ।
परीक्षा मर्यादित वनाउन विद्यार्थी, शिक्षक, केन्द्राध्यक्षलाई पोशाक र परिचयपत्र अनिर्वाय गरिएको छ ।
शिक्षा अधिकारी शर्माका अनुसार परीक्षाको नियम विपरीत कुनै कार्य भएमा परीक्षार्थीसहित जो कोहीलाई १ लाख र छ महिना जेल वा दुबै सजाय हुने छ ।

प्रतिक्रिया