सप्तरीमा आगलागीबाट ४४ घर नष्ट

Saptari-Aaglagiराजविराज, २६ फागुन । सप्तरीको रायपुर–९ स्थित दलित वस्तीमा भएको आगलागीमा १ सय ८३ परिवारका ४४ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिव ४० लाखको क्षति भएको प्रारम्भीक अनुमान छ ।

आज (शनिबार) स्थानीय छुतहरु सदाको घरवाट सुरु भएको आगलागीबाट पुरै दलित वस्ती जलेर नष्ट भएको हो । खाना पकाउन बालेको आगो हावाले उडाउँदा आगलागी भएको प्रहरी भनाई छ ।
आगलागीबाट नटाई सदा, सुगावती सदा, किसुन सदा, हर्कु सदा, परमेश्वर सदा, विसवी सदा, सूर्यनारायण सदा, विनोद सदा, किसन सदा, ललवहादुर सदा, रन्जीत सदा, प्रमोद सदा, विष्णु सदा, देवेन्द्र सदा, अनरजित सदालगायतको घर जलेको प्रहरी निरीक्षक कुशवहादुर थापाले जानकारी दिए ।
आगोले अन्नपात, लत्ताकपडा, फर्निचर तथा घरमा भएको सम्पूर्ण सामाग्री जलेर नष्ट भएका छन् ।
राजविराज नगरपालिका, लहानवाट आएको वारुणयन्त्र, नेपाली सेनाको कृष्णदल गण, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।
यसैवीच, जिल्ला प्रहरी कार्यालय सप्तरीले पीडित परिवारहरुलाई ६० किलो च्यूरा र ३० किलो भुजा उपलब्ध गराएको छ ।
रायपुर गाविसले प्रति परिवार आधा लिटर खाने तेल, १ किलो नुन, ५ किलो चामल र ५ सय नगद राहत उपलब्ध गराएको छ ।
सप्तरीकै पातो–१ का रामकुमार मण्डलको घरमा पनि शनिवार आगलागी भएको छ । खाना पाकाउने ग्यास लिक भएर आगलागी भएको स्थानीय रामचन्द्र मण्डलले जानकारी दिए ।

प्रतिक्रिया