आज विश्व नारी दिवस मनाईदै

Nari

काठमाडौं, २५ फागुन । ‘महिला हिंसा अन्त्य गरौं, कुरा होइन, काम गरौं’ भन्ने नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाईदैछ ।
नेपालमा पनि विविध कार्यक्रमका साथ दिवस मनाईदैछ । महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्था, राजनीतिक दलसम्बद्ध महिला संगठन, राष्ट्रिय महिला आयोगलगायतले छुट्टाछुट्टै कार्यक्रम गरेर दिवस मनाउँदै छन् ।
आयोगले आज विहान भद्रकालीबाट र्‍याली निकालेको थियो भने महिला सुरक्षा दवाव समुहले पद्मकन्या क्याम्पस अगाडिबाट निकालेको र्‍याली भृकुटीमण्डपमा पुगेर टुंगिएको थियो ।
‘समान कामको समान ज्याला’ को माग गर्दै अमेरीकाको कपडा उद्योगमा कार्यरत महिला कामदारले गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाले प्रत्येक बर्ष मार्च ८ का दिन यो दिवस मनाउँदै आएका छन् ।
राजधानी र शहरहरुमा मात्रै सीमित यस्ता दिवसले ग्रामिण क्षेत्रमा काम गर्ने महिलालाई छुन सकेको छैन । ग्रामिण भेगका महिलाले दैनिक २४ घण्टामा १८ घण्टासम्म बेतलबी काम गर्ने गरेको अध्ययनले देखाएको छ ।
शहरबाहिरका अधिकांश महिला यस्ता दिवसबारे अनभिज्ञ रहदै आएका छन् ।

प्रतिक्रिया