रामेछापमा रेडपाण्डा भेटियो

Redpandaजिरी, २४ फागुन । अत्यन्तै दुर्लभ मानिने जन्तु रेडपाण्डा रामेछापको चुचुरेमा फेला परेको छ ।
स्थानीयवासिन्दाले बुधबार विहान जंगलमा घाँस लिन जाने क्रममा रेडपाण्डा देखेका हुन् । स्थानीयले चुचुरे–१, गर्जाङमा पर्ने धौले सामुदायिक वनमा रेडपाण्डा देखेको जानकारी दिए ।
रेडपाण्डा देखेपछि शिवालय प्रहरी चौकीको सहयोगमा नियन्त्रणमा लिई गौरीशङकर संरक्षण क्षेत्रलाई बुझाईएको छ ।
पक्राउ गरिएको रेडपाण्डालाई विहीवार काठमाडौं चिडियाखानामा पठाईने गौरीशङकर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण साहले जानकारी दिए । उनले जंगलमा अरु रेडपाण्डा पनि हुन सक्ने बताए । (फाईल तस्विर)

प्रतिक्रिया