पाल्पा महोत्सवमा बन्दको प्रभाव परेन

तानसेन, २४ फागुन । पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवमा नेपाल संघीय गणतान्त्रिक मोर्चाले आह्वान गरेको बन्दको प्रभाव परेन । बन्दकर्ताले मेला सम्पन्न गर्नका लागि सवारी साधन चल्न दिएपछि पाल्पा महोत्सवमा बन्दको प्रभाव नपरेको हो । बन्दकर्ता र उद्योग वाणिज्य संघ, पाल्पाबीचको बार्ताबाट सहमति बनेपछि महोत्सवमा खलल नपुर्‍याउन बन्दकर्ता सहमत भएका हुन् ।

सहमतिपछि बन्दको समयमा पनि गाउँगाउँबाट महोत्सव अवलोकन गर्न मानिस आएका थिए । महोत्सव स्टल अनुगमन तथा संयोजन समितिका संयोजक नित्यानन्द
पोखरेललेका अनुसार मंगलबार मात्रै ९० हजारले मेला अवलोकन गरे । ‘मंगलबार महोत्सवमा गाउँबाट आएका विद्यार्थीको संख्या उच्च थियो,’ उनले भने ।
बन्दका कारण मेलामा कुनै असर
नपारेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मधुदयाल सैजूले बताए । ‘मेला अवधिभर यहाँका राजनीतिक दलले बन्द नगर्ने प्रतिबद्धता जनाएका थिए,’ उनले भने, ‘विद्यालय बन्द हुने भएपछि गाउँका विद्यालयबाट विद्यार्थीको भीड लागेको थियो ।’ महोत्सवमा मंगलबार चार करोडको कारोबार भएको पाल्पा उद्योग वाणिज्य संघका महासचिव भीमसेन कार्कीले बताए ।

प्रतिक्रिया