व्यावसायिक कृषिमा किसान

चितवन: चितवनको पहाडी गाविस शक्तिखोर–४ गैरीबारीका किसान व्यावसायिक कृषि पेसातर्फ आर्कषित हुन थालेका छन् । स्थानीय विपन्न समुदायका लागि आयआर्जन कार्यक्रम लागु भएपछि उनीहरू व्यावसायिक कृषि पेसातर्फ आर्कषित भएका हुन् । यहाँका किसानले जैविक तरकारी खेती, बाख्रा, बंगुर तथा मौरीपालन व्यवसाय तल्लिन हँुदै आएका छन् । हामीले यसअघि पनि खेती गरे पनि तालिम अभावका कारण

व्यावसायिक बन्न सकेका थिएनौँ, स्थानीय कृषक झनकबहादुर गुरुङले भने । अहिले गाउँका एक सय ५० जना विपन्न किसान समूहमा आबद्ध भई व्यवसायी कृषि पेसामा संलग्न भएका छन् ।
गैरीबारीमा अहिले दुई वटा बाख्रापालन समूह, दुई वटा बंगुर पालन समूह र एउटा मौरीपालन समूह गठन गरी व्यावसायिक कृषि कार्यक्रम सुरु गरिएको गुरुङले जानकारी दिए । पहिलाभन्दा अहिले व्यावसायिक रूपमा गए पछि आम्दानी पनि राम्रो भएको भन्दै उनले यसलाई अझ प्रभावकारी जरुरी रहेको औल्याए । यस्ता तालिमसँगै यस क्षेत्रमा खानेपानी र विद्यालय सरसफाइको समेत अभियान चलाइएको छ भने स्थानीय युवाहरूलाई व्यावसायिक प्लम्बिङ, इलेक्ट्रिसियन, डाइभिङ र भेटेनरी तालिम तथा महिलाहरूका लागि सिलाइ कटाइ तालिमसमेत दिइएको स्थानीय अनिता चेपाङले बताइन् । सो तालिमबाट स्थानीयवासीहरू लाभान्वित भई व्यवसायसमेत सञ्चालन गरिरहेको उनको भनाइ थियो । (सौस)

प्रतिक्रिया