तलव नपाउँदा दुई साता विद्यालय बन्द

Chitwanचितवन, २१ फागुन । चितवनको अयोध्यापुरी–९, बाँदरझुलामा रहेको राष्ट्रिय निम्न माध्यमिक विद्यालयलाई भरतपुरका समाजसेवीहरुले आर्थिक सहयोग प्रदान गरेका छन् ।
विद्यालयका शिक्षकले तलब नपाए पछि विद्यालयनै दुई साता सम्म बन्द भएको थियो । १३ महिनादेखि ३ जना शिक्षकले नियमित तलब पाउन सकेका छैनन् ।
बन्द हुने अवस्थासम्म पुगेको विद्यालयलाई भरतपुर–११, भोजाडका समाजसेवी ध्रुवराज थपलियाले विद्यालयलाई संकलित ६० हजार नगद प्रदान गरेका हुन् । संकलित रकम विशेष कार्यक्रम गरेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेललाई प्रदान गरिएको छ ।
उनले विद्यालयको प्रगतिका आधारमा अझै धेरै सहयोग गर्न सकिने बताए ।
२०४८ सालमा स्थापना भएको विद्यालयले २०६८ सालमा निमाविको अनुमति पाएको हो । विद्यालयले अहिलेसम्म एकजना राहतबाहेक अरु दरबन्दी पाएको छैन ।
प्रतिविद्यार्थी कोष (परचाइल्ड फण्ड) कार्यक्रममार्फत शिक्षा कार्यालयबाट जाने बजेट पनि चैतदेखि काटिएको छ । बजेट कटौती भए पछि ३ जना शिक्षकले तलब बुझ्न पाएका छ्रैनन् ।

प्रतिक्रिया