प्रथम माडी महोत्सव हुदै

काठमाडौं : ‘माडीको विकास हाम्रो अभियान, कृषि र पर्यटन हाम्रो पहिचान’ नाराका साथ १७ देखि २३ फागुनसम्म प्रथम माडी महोत्सव हुने भएको छ । मंगलबार आयोजित कार्यक्रममा पौराणिक, सांस्कृतिक, धार्मिक एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण माडी उपत्यकाको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका संयोजक शोभाखर चापागार्इंले जानकारी दिए ।

उनले महोत्सवमा एक सय २५ वटा स्टलका साथै ठूला प्रकारका सामग्री प्रदर्शनका लागि तीन विशेष स्टल रहने जानकारी दिए । कृषिजन्य उपज, हस्तकला, मूर्तिकला, चित्रकला, सांस्कृतिक कार्यक्रम, पर्यटकीयस्थलको अवलोकन फुड फेस्टिबल, नृत्य प्रतियोगिता, कृषि पर्यटनसम्बन्धी गोष्ठी, सम्मेलन महोत्सवको आकर्षण हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ३५ लाख रुपियाँ खर्च हुने तथा एक लाख दर्शकले अवलोकन गर्नुका साथै करिब तीन करोड रुपियाँको आर्थिक कारोबार हुने आयोजक संस्थाले बताएको छ । (सौस)

प्रतिक्रिया