सडक निर्माण कार्य तीव्र

हेटौंडा : हेटौंडा नगरपालिकाले नगरका विभिन्न क्षेत्रको भौतिक विकास कार्यलाई तीव्रता दिएको छ । सडक कालोपत्रे, कंक्रिट सडक, ग्राभलिङ र ढल तथा नाली निर्माणतर्फ विशेष प्राथमिकता दिइएको हो ।

चौघडा राईटोल, पीपलबोट, इन्द्रमार्ग, सिद्धार्थ पथ, जनपद र भीष्म मार्गमा गरी करिब हजार मिटर च्यानेज निर्माण गरिएको नगरपालिकाका प्रवक्ता बिके महर्जनले बताए । उपभोक्ता समितिमार्फत भौतिक निर्माणमा लागेको नपाले एक सय ३१ मिटर ढल तथा नाली निर्माण सम्पन्न गरिएको छ । (सौस)

प्रतिक्रिया